भैरहवाको एक होटलमा महिलाको हत्या
भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ ।
सिर्द्धार्थ नपा-१३ बसपार्कमा रहेको गोर्खा प्रिन्स होटलको कोठा नं १ सय ११ मा रहस्यमय तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देहीका सई बेलबहादुर पाण्डेले बताए ।
होटलमा रहेको इन्ट्री बुकमा रेखा सिन्हा नाम र ठेगाना भारतको सिवन विहारराम लेखिएको छ । अन्दाजी ३०/३५ वर्षीया ती महिलाको नाम सही हो या होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
एक पुरुषसँग कात्तिक १८ गते बिहान ११ बजे होटलमा आएका जोडी साँझसम्म बाहिर ननिस्किएकाले कोठामा हेर्न जाँदा महिला रगताम्मे भएर लडिरहेको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
'महिलासँगै आएका व्यक्ति फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।'-सई पाण्डेले भने ।
महिलाको परिचय खुल्ने लुगा, झोला, मोबाइल केही पनि नभएकोले मृतक महिलाको असली ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको । मृतकको शवलाई भिम अस्पताल भैरहवाको शव गृहमा राखिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…