भेन्टिलेटर सेवा बन्द हुँदा समस्या
पर्वत अस्पतालमा तीन वर्षअघि सञ्चालनमा ल्याएकाे भेन्टिलेटर सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
दक्ष जनशक्ति अभावमा भेन्टिलेटर सेवा बन्द भएपछि पर्वत अस्पतालमा आएका जटिल प्रकारका विरामीलाई पोखरा लगायतका स्थानमा पठाउनुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको छ ।
गण्डकी प्रदेश सरकारले दिएको १ करोड ६९ लाखको लगानीमा आइसीयु र भेन्टिलेटर सेवा केही दिन सञ्चालनमा आएपनि पछिल्लो समय झण्डै दुई वर्ष देखि जनशक्ति अभावमा करोडौँका सामग्रीहरू कोठामा थन्काएर राख्नु परेको अस्पताल प्रमुख रुक्मिणा अधिकारीले बताउनुभयो ।
लायन्स क्लबदेखि अन्तरराष्ट्रिय सहयोगबाट समेत आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । अहिले सबै सामग्री स्टोरमा थन्किएको उहाँले बताउनुभयो ।
पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सरेको छ । सुविधा सम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको छ । त्यो क्रममा जडान भएका भेन्टिलेटरहरू पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको छ । यसरी थन्किनुको कारण सरकारले ‘भेन्टिलेटर’ सञ्चालन गर्ने जनशक्ति आपूर्ति नगर्नु हो ।
भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयुमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको अस्पतालकी प्रमुख डा. रुक्मिना अधिकारीले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन त्यो फाँटको एकजना छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिस्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ ।
‘सातवटा भेन्टिलेटर चलाउन २८ देखी ३० जना जनशक्ति आवश्यक हुन्छ । एउटा भेन्टिलेटर चलाउने जनशक्ति नभएका बेला सातवटा त कसरी चलुन् ? अहिले २४ जना नर्सले सिङ्गो अस्पताल चलाउनुपरेको छ’, डा. अधिकारी भन्नुभयो, ‘१५ शय्या क्षमतामा चलेको अस्पतालका रूपमा यसलाई हेरिएको छ । जब कि अहिले हामीले ५६ शय्यामा सञ्चालन गरिरहेका छौँ । उहाँले भन्नुभयो ।
पर्वत अस्पतालमा उपचारका लागि आउनुभएका कुश्मा नगरपालिका– १० पिपलटारीका ६७ वर्षीय सुरविर विकलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपछि अक्सिजन लगाएरै एम्बुलेन्स मार्फत पोखरा पठाइएको अस्पताल प्रमुख डाक्टर अधिकारीले बताउनुभयो ।
जिल्ला भित्रै सेवा सुविधा नपाउँदा बढी रकम खर्चेर पोखरा जानुपर्ने बाध्यता आइपरेको सुरविर विकका छोरा सुजन विकले गुनासो गर्नुभयो । ‘आफुसँग उपचारका लागि पर्याप्त पैसा छैन, ऋण खोजेर ल्याएको पैसाले ठुलो ठाउँमा उपचार गराउन समस्या देखिएको छ’ उहाँले जिल्ला भित्रै सेवा सुविधा भएमा कम खर्चमा उपचार गराउन सकिने बताउनुभयो ।
सरकारले उपकरण दिएपनि सोही अनुसार जनशक्ति व्यवस्थापन गराउन नसक्दा समस्या भएको र गण्डकी प्रदेश सरकार सँग व्यवस्थापनका लागि पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…