भूकम्प पीडित बालकलाई इन्सेकद्वारा आर्थिक सहयोग

भूकम्प पीडित परिवारले आफ्नो छोराको पढाइमा सहयोग गरिदिन इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडसमक्ष गरेको अनुरोधको आधारमा पीडित बालकलाई सहयोग गरिएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पमा आवस गुमाएका १७ वर्षीय सम्देल तामाङलाई पढाइमा सहयोग पुर्‍याउन स्टेशनरी सहयोग गरिएको प्रतिनिधि हेमनाथ खतिवडाले बताए ।

नौकुण्ड गाउँपालिका–१ यार्साका पीडित परिवारले असार २३ गते इन्सेक प्रतिनिधि खतिवडासमक्ष छोरा सम्देल तामाङको पढाइका लागि सहयोग गरिदिन मौखिक रूपमा आग्रह गरेपछि बालकलाई स्टेशनरी सहयोग गरिएको खतिवडाले बताए ।


इन्सेक प्रदेश ३ कार्यालय काठमाडौँ