भूकम्प पीडितले सोधे-'हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?'
सुर्यविनायक नपा-१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भुकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उनको नाम समावेश छ । तर, जग्गा गुठीको नाममा रहेको र सोको लालपुर्जा नभएपछि उनी अनुदान सम्झौता हुन्छ कि हुदैन भन्ने अन्योलमा छन् । प्राधिकरणले भूकम्पले क्षति पुर्याएको घरको लालपुर्जा भएकासँग मात्र अनुदान सम्झौता गर्न परिपत्र गरेपछि नगरकोटीजस्ता थुप्रै भूकम्प पीडित अन्योलमा परेका हुन् । यहाँका धेरै पीडितले आफ्नो जग्गा गुठीको नाममा रहेको र लालपुर्जा नभएको गुनासो गरेका छन् ।
सुर्यविनायक नपा-७ का सुर्यबहादुर खाइतुले लालपुर्जा नहुने भूकम्प पीडितलाई अनुदान राहत उपलब्ध हुने आधार तयार गरिदिनुपर्ने बताए । सुर्यविनायक-८ का रबिन्द्र थापाले भूकम्प गएको डेढ वर्षम्म पनि राहत अनुदान प्राप्त नभएको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले पीडितलाई सहज ढङ्गबाट अनुदान रकम उपलब्ध गराइदिन आग्रह गरे ।
भक्तपुरमा २४ हजार ९ सय २ जना भुकम्प पीडितको विवरण पुनर्निर्माण प्राधिकरणले पठाएको छ । थप केही विवरण आउन बाँकी रहेको बताइएको छ । तर, विवरणमा समावेश भएका भूकम्प पीडितको आफ्नै नाममा लालपुर्जा नहुँदा अनुदान सम्झौतामा समस्या देखिएको हो ।
सुर्यविनायक नपाका कार्यकारी अधिकृत यामलाल अधिकारीले सम्बन्धित मन्त्रालय र उपल्लो निकायबाट निर्देशित केही नीतिगत समस्याहरू बाहेक नगरपालिकाले स्थानीय जनताको पक्षमा कार्य गरिरहेको बताए । उनले जनताको माझबाट उठेका साझा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत जनाए ।
सविना केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…