भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणविरूद्ध मुद्दा हाल्ने
घर भत्किएर टहरामा बस्दै आएका नीलकण्ठ नगरपालिका-५का २५ जनाले भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरणविरूद्ध आफूहरूलाई विभेद गरी अन्याय गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।
सरकारले आफूहरूलाई विभेद गरेको र अन्य नागरिक सरह आफूहरूलाई राहत पुनर्निर्माण प्राधिकरणले राहत रकम नदिएकाले घर बनाउन नसकेपछि विभेदविरूद्ध मुद्दा दर्ता गर्न लागिएको नीलकण्ठ नगरपालिका-५ का जितमान श्रेष्ठले बताए । उनी ०७५ साउन १५ गते जिल्ला आयोजना कार्यान्वयन इकाईमा आएर आफूले मुद्दा लेखेर तयार पारिएको बताउँदै आफूले न्याय नपाएसम्म अधिकारका लागि लडिरहने बताए ।
नीलकण्ठ नगरपालिका-५ मा पुनर्निर्माण प्राधिकरणले गुनासोमा परेर पनि सम्बोधन नगरेकाहरूको सङ्ख्या आफ्नो वडामा २५ जना रहेको र उनीहरूलाई वडाले नै सहयोग गरेर मुद्दा हाल्न सहयोग गरिएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उनले वडाका घर क्षति पुगेर ध्वस्त भएर राहत पाउनु पर्नेहरूले नपाएपछि मुद्दा दिन लागिएको बताए ।
पटकपटक गुनासो गरेर पनि गुनासो सम्बोधन नभएको तर घर पूर्ण रूपमा क्षति भएर पनि राहत नपाएकाहरू जिल्लामा २ हजार ७ सय ३७ घर परिवारलाई राहन नपाउने भनी पुनर्निर्माण प्राधिकरणले सूचना पठाएको भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका सामाजिक विकास विज्ञ भगवती खाँणले बताइन् ।
घर पूर्ण रूपमा क्षति भएर पनि राहत रकम नपाएका, गुनासो गरेर पनि सम्बोधनको क्रममा लाभग्राही सूचीमा नपरेको हो भने उनीहरूले लिखित सूचना पाएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था रहेकोले गुनासो सम्बोधनको क्रममा २ हजार ७ सय ३७ जनाले नै पुनरावेदन गर्न पाउने व्यवस्था रहेको सामाजिक विकास विज्ञ खाँणको भनाइ छ ।
०७२ वैशाख १२ को भूकम्पको कारण घर भत्किएर नीलकण्ठ नगरपालिका-५ का ५५ वर्षीय जितमान श्रेष्ठकी आमा ज्ञानमाया र १० महिनाको नातीको मृत्यु भयो । जितमानले भने आफ्नो घर पूर्ण रूपमा क्षति भएर पनि राहत पाएनन् । दुई पटकसम्म गाउँमा आएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूले घर क्षति भएको र अन्यत्र कहीँ कतै कुनै घर जग्गा नभएपछि उनले राहत पाउने कुरा बताएर जाने गरेका थिए तर पुनर्निर्माण प्राधिकरणले अन्यत्र घर भएको भन्दै जितमानलाई आवास पुनर्निर्माण राहत दिन इन्कार गरी वडा कार्यालयमा सूचना पठाएको छ । सात जनाको परिवार सहित जितमान श्रेष्ठ टहरामा बसिरहेका छन् ।
टहरामा बसिरहेका ६६ वर्षीय दुर्गाप्रसाद रिमालको अवस्था पनि फरक छैन । घर बस्न योग्य भनेर पुनर्निर्माण प्राधिकरणले वडामा सूचना पठाएको छ । ६ जनको परिवार सहित टहरामा गुजारा गरिरहेको रिमाल परिवार पुनर्निर्माण प्राधिकरणले दिने राहत रकम नदिएपछि मुद्दाको तयारी गरिरहेको कागज इन्सेक अनलाइनलाई देखाउँदै थिए ।
अन्यत्र घर छ भनिएका किशोर ढुङ्गानाको गल्छी गाउँपालिकाको कल्लेरीमा घर थियो तर भुकम्पका कारण कल्लेरी र डाडाँगाउँमा भएको घर पूर्ण रुपमा क्षति भएर टहरामै बसी रहेका छन् । प्राधिकरणले यि र यस्ता समस्या भएका लाई राहत नदिने र घर भएकालाई राहत दिएपछि नागरिकहरु मुद्दा हाल्ने तयारीमा लागेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…