भूकम्प पीडितको लागि ल्याएको सामग्री गोदाममै सड्यो
भूकम्पपछि नुवाकोटमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले भूकम्प पीडितका लागि ल्याएको राहत सामग्रीहरू गोदाममै सडेको छ ।
सामग्रीहरू समयमै वितरण नहुँदा अक्सफामको विदुर नपा-४ बट्टारमा रहेको गोदाममै सामग्रीको म्याद गुज्रिएको हो । गोदाममा राखिएका मञ्जन र सिमेन्टको म्याद गुज्रिएको अक्सफाम नुवाकोट प्रमुख अरुण पौडेलले बताए ।
'२ सय थान 'हाइजिन किट्स' मा रहेको मञ्जनको म्याद गुज्रिएको हो । यस्तै निर्माणको लागि ल्याएको १ सय १४ बोरा सिमेन्टको पनि म्याद सकिएको हो'-पौडेलले भने-'स्थानीय तहको निर्वाचन र त्यस लगत्तै वर्षातका कारण निर्माणको कामहरू हुन नसक्दा सिमेन्ट ड्यामेज भएको हो ।'
हाइजिन किट्स भने विपदको बेलामा तत्काल वितरण गर्न स्टक राखिएको र बिग्रिएका सामग्रीहरू नष्ट गर्दै नयाँ सामग्री राखेर वितरण गरिरहेको अक्सफामले जनाएको छ । म्याद सकिएको सामग्रीको एकिन विवरण के कति हो ? सो को अभिलेख उतार्न बाँकी रहेको पौडेलले बताए । 'करिब रु. २ लाखको सामग्रीको म्याद सकिएको होला । यो त्यति ठूलो 'इस्यु' होइन'-उनले भने ।
अक्सफामले जिल्लामा साविकका ९ गाविसमा राहत, जिविपोपार्जन र खानेपानी योजनाको पुनर्निर्माणको काम सञ्चालन गर्दै आएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…