भूकम्पपछि डोल्पाका नागरिक त्रासमा रात काट्दै
छिमेकी जिल्ला जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भइ कात्तिक १७ गते राति भूकम्प गएको थियो। उक्त भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा जनधन क्षति भएको छ ।
डोल्पा जिल्ला जाजरकोट सँग जोडिएको हुदा साथै बारेकोट र मुड्केचुला जगदुल्ला सिमानाका एउटै भएको हुदाँ उक्त क्षेत्र आसपासमा बसोबास गर्ने नागरिक भूकम्पको त्रासैत्रासमा खुला आकाश मुनि रात काट्दै आइरहेका छन । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा भयानक जनधनको क्षति भएको देख्दा यहाँका स्थानीय नागरिक झन हतोसाहित भएका हुन ।
भूकम्पको डरले बेलुका पख गाउँका सबै मान्छे खुल्ला चौर र विधालयको मैदानमा आगो बालेर रात कटाउने गरेको मुड्केचुला गाउँपालिका–६ का स्थानीय मुस्कान बोहोराले बताए । जाजरकोटको बारेकोट यहाँबाट नजिकै पर्छ भुकम्पको केन्द्र पनि त्यताबाट यतै सर्दैछ भन्छन त्यसैले हामी नर्कुका स्थानीय मात्र नभई वडा नं. १ देखि ९ सम्मका स्थानीय खुल्ला आकाश मुनि रात विताउदै आईरहेका उहाँले भन्नु भयो
पटक पटक आइरहेको भूकम्पको कम्पनका कारण विनाशकारी भूकम्पले जाजरकोट हुदै डोल्पा केन्द्र विन्दु बनाउछकी भन्दै डोल्पाको जगदुल्ला,त्रिपुरासुन्दरी,ठुलीभेरी,शेफोक्सुण्डो,काईके,डोल्पोबुद्ध र छार्काताङसोङका स्थानीय बासिन्दा पनि केहि खुला चौरमा रात विताउन बाध्य छन भने केहि अत्याधिक चिसोको कारण त्रासकाबीच पनि घरमै निदाउन बाध्य छन ।
भिरालो जमिन त्यसैमाथि अधिकांश कच्ची घरहरु भएको हुदाँ पनि यहाँका नागरिक डराउनु स्वभाविकै पनि हो । जिल्लाकाे अधिकांश क्षेत्रमा सुचना प्रविधिको पहुँच नपुगेको हुदाँ भूकम्प आउनु पूर्व जानकारी सन्देश यहाँका नागरिकले थाहा पाउदैनन् । हल्लाकै भरमा ठुलो भूकम्प आउदै छ भन्दै हल्ला गर्छन अनि त्रास फैलाउछन ।
यो समयमा अत्याधिक जाडो हुने भएको हुदाँ भूकम्पको डरले रातको समयमा बाहिर बस्दा बालबालिकालाई थप समस्या हुनेगरेको छ ।
लेख बहादुर बुढा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…