भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि विद्यार्थीहरु पाल भित्र बसेर पढ्दै
सल्यानको दार्मा गाउँपालिकामा रहेका विद्यालयहरुले पाल भित्रबाट विद्यार्थीहरुकाे पठनपाठन सुरु गरेका छन् । भूकम्पले विद्यालयका भवन बस्न नमिल्ने गरेर चर्किएपछि केही विद्यालयले पालमुनिबाट त केही विद्यालयले खुलाचौरबाट पठनपाठन सञ्चालन गर्न बाध्य छन् ।
दार्मा गाउँपालिकामा सामुदायिक ३३ ओटा र संस्थागत एक ओटा विद्यालय रहेका छन् । जस मध्य २१ ओटा विद्यालय भुकम्पबाट प्रभावित भएका छन् । दार्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रोम प्रसाद पाण्डेले गाउँपालिका भित्रका ९ ओटा सामुदायिक विद्यालय पुर्ननिर्माण गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । जसमा एक माध्यमिक विद्यालय, तीन निम्न माध्यमिक विद्यालय र पाँच ओटा प्राथामिक विद्यालय रहेका छन् ।
गाउँपालिकामा रहेका ६ हजार ५ सय ३ विद्यार्थी मध्य आधाभन्दा बढी विद्यार्थी भूकम्पबाट प्रभावित भएको उहाँको भनाइ छ । ‘विद्यालयका भवन भत्किएका छन्, केही विद्यालयका भवन बस्नै नमिल्ने गरेर चर्किएका छन्, बालबालिकाहरु घरमा र विद्यालयमा दुवै तर्फबाट प्रभावित भएका छन्’ उहाँले भन्नुभयो ‘केही बालबालिकाको घर भत्किएको छ, त्रिपालमा बसेका छन्, विद्यालय भवन चर्किएका छन्, पालमा बसेर पढ्न थालेका छन् ।’
जाडोयाम भएकाले केही विद्यालयले चौरमा राखेर पठनपाठन सञ्चालन गरेका छन् । ‘विद्यार्थीको पढाइलाई नियमित बनाउनको लागि कक्षा सञ्चालन गरेका छौँ, विभिन्न निकायबाट पालिकामा प्राप्त पाल विद्यालयमा पठाएका छौँ, विद्यालयले विद्यार्थीको नियमित पठनपाठनको व्यवस्थापन मिलाएका छन्’ उहाँले थप्नुभयो । भूकम्पका कारण बालबालिकाको पठनपाठनलाई पहिलेकै लयमा फर्काउन समस्या भइरहेको उहाँको भनाइ छ ।
दार्मा गाउँपालिका–३ फारुलाचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयले विद्यालय परिसरमा ६ ओटा पाल टाँगेको छ । भूकम्पले विद्यालयको तीन तले एउटा भवन चर्किएर बस्नै नमिल्ने भएको र सोही भवनका कारण अर्को भवन पनि जोखिममा परेकाले पालमुृनि नै विद्यार्थी राखेर पठनपाठन थालिएको प्रधानाध्यापक मिन बहादुर वलीले बताउनुभयो । अहिले बालविकास, कक्षा १ र कक्षा ३ का विद्यालयले पालमा बसेर पढ्दै आएका छन् ।
यस्तै गरी, कक्षा १२ मा अध्ययनरत विद्यार्थीले चौरमा बसेर पढ्दै आएका छन् । ‘भवन बस्नै नमिल्ने गरेर चर्र्किएका छन्, विशेषगरी चारओटा कक्षा प्रभावित भएका छन्, एउटा कक्षामा ५० बढी विद्यार्थी छन्, हामीले ६ ओटा पाल निर्माण गरेका छौँ, तर पाल साना भएकाले एउटै कक्षाका विद्यार्थीलाई समेत दुईओटा पालमा राखेर पठनपाठन सुरु गरेका छौँ’ उहाँले भन्नुभयो ‘कक्षा १२ का विद्यार्थी कहिले चौरमा त कहिले पुस्तकालयमा बसेर पढ्दै आएका छन् ।’
यस विद्यालयमा १ हजार ३ सय ९६ जना विद्यार्थी रहेका छन् । जस मध्य ३ सय ५० बढी विद्यार्थी प्रत्यक्ष प्रभावित भएको उहाँको भनाइ छ । ‘पालमा पठनपाठन गराउन समस्या भइरहेको छ, पाल साँघुरा छन्, वोर्ड राख्न, शैक्षिक सामाग्री राख्न नै मिलेको छैन्, विद्यार्थीलाई म्याटमा राखेका छौँ’ उहाँले थप्नुभयो ‘चर्किएको भवनको मर्मत गर्ने वा पुर्ननिर्माण गर्ने भन्ने बारेमा टुंगो छैन्, अर्को व्यवस्था नभएसम्म पालमा नै राखेर पठनपाठन गराउछौँ ।’
दसैँ, तिहार र छठ पर्वको लामो विदापछि विद्यालय खुलेपनि पहिलेको जस्तो सहजरुपमा पठनपाठन गर्न नपाएको विद्यार्थीको गुनासो छ । भूकम्पले घर भत्किदा कतिपय बालबालिकाको किताव, कापी र कलम समेत पुरिएको जनाइएको छ । कक्षाकोठा चर्किएको देखेर पढ्न समेत असहज लाग्ने गरेको विद्याथीले बताउँछन् ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…