भूकम्पले भत्केको विद्यालय अझै बनेन
०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त उत्तरगया गाउँपालिका–१ तिरुगाउँ स्थित तिरु आधारभूत विद्यालयमा भवन अभावले विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ ।
सो विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको र ४६ जना विद्यार्थी नियमित छन् भने चार जना शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक पोखरीप्रपाद भट्टराइले बताउनुभयो ।
भूकम्पका कारण जीर्ण विद्यालय भवन अझै निर्माण नभएको कारण नजिकै रहेको अस्थाई सिकाई केन्द्रको एक कोठामा विद्यालयभरका सबै विद्यार्थी राखेर पढाउने गरेको भट्टराइले बताउनुभयो ।
अहिले सिकाइ केन्द्र पनि भत्काएर नयाँ भवन निर्माण सुरु गरेपछि नजिकैको एकीकृत बस्तीमा पढाउन थालिएको प्रधानाध्यापक भट्टराइले जानकारी दिनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत भवन निर्माण गर्नका लागि अस्थायी सिकाइ केन्द्र भत्काएको र त्यहाँ पनि समयमा जग बनाउन स्क्याभेटर र कामदार नपाएर ढिलाइ भएको उहाँले भन्नुभयो ।
तिरु गाउँमा १ सय ३१ घरपरिवार थिए । भूकम्पका कारण बिस्थापित भएकाहरू फर्कने क्रममा छन् । भूकम्पका कारण भत्केका बस्ती एकीकृत बस्ती निर्माण भएको छ । यस अघि यहाँका बिस्थापितहरू भूकम्पका कारण ढलेपछि धेरैले गाउँ छाडेर नुवाकोटको बट्टार, बोगटीटारगायतका ठाउँमा बस्दै आएका थिए । अहिले अधिकास गाउँमा फर्केका छन् । तर बालबालिका पढ्ने विद्यालय भवन निर्माण समयमा नबन्दा समस्या भएको शिक्षिका शिला तामाङले जानकारी दिनुभयो ।
लेकको ठाउँ भएकोले हिउँ वा पानी परेपनि चिसो हुने र विद्यालय बन्द गर्नुपर्ने हुन्छ । विद्यालय भवन चाँढै निर्माण नभएर पढाइ प्रभावित भएको शिक्षिका तामाङले बताउनुभयो ।
विद्यार्थीहरूलाई एकै कोठामा राखेर पढाउँदा गुणस्तरीय पढाइ हुन नसकेको र विद्यालय भवन पुननिर्माणमा पनि धेरै ढिलाइ भएको स्थानीय तिरुका अभिभावक लाक्पा तामाङको भनाई छ ।
‘सात वर्षअघि भत्केको विद्यालय अहिलेसम्म निर्माण भएन कहिले हाम्रा बालबालिकाले सुरक्षित विद्यालयमा राम्ररी पढ्न पाउने' उहाँले भन्नुभयो ।
भूकम्पका कारण बिस्थापित भएका १ सय २० परिवारको आवासका लागि तिरु एकीकृत बस्ती भने निर्माण सम्पन्न भइसकेको छ ।
भूकम्पका कारण पूरै गाउँ जोखिम बस्तीमा विद्यालय भवन बनाउन ढिलाइ भएको तिरु आधारभूत विद्यालयका शिक्षक सुकु तामाङले जानकारी दिनुभयो । न बस्ती स्थानान्तरण हुन सक्यो न विद्यालय नै स्थानान्तरण भयो भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको तामाङको भनाई छ ।
त्यसै गरी भूकम्पका कारण भत्केको मैलुङ्ग, गोगनेका विद्यालयहरू पनि पुनर्निर्माण नभएकाले समस्या परेको स्थानीय गोगनेका आशा लामाले बताउनुभयो । मैलुङ्गमा धेरै बालबालिकाहरू भए पनि गाउँमा नजिक विद्यालय नभएको कारण घण्टौँ टाढा धाउनु पर्ने उहाँले भन्नुभयो ।
जिल्लामा हाल विद्यालय भवन निर्माण सम्बन्धमा कुनै कार्यक्रम नभएकोले बाँकी विद्यालय कुन कुन छन् थाहा नभएको शिक्षा समन्वय इकाइका प्रमुख रमाकान्त अर्यालले बताउनुभयो । नेपाल राष्ट्रिय आधारभुत विद्यालय, नवविजयी महेन्द्र मावि चीन सरकारको सहयोगमा निर्माण सुरु भएको उहाँले भन्नुभयो ।
तिरु आवि पनि चाँढै निर्माण हुने प्रमुख अर्यालले जानकारी दिनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…