भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ
कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । सुरक्षित विद्यालय भवन नबन्दा विद्यार्थीहरू टिनको छाप्रोमा पढ्न बाध्य भएका छन् ।
चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको भवन निर्माणमा ढिलाइ भएकाले ठूलो समस्या परेको निलकण्ठ नमुना माविका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।
विद्यालयमा १ देखि १२ कक्षासम्म गरी कुल ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । चीन सरकारसँग निर्माण गर्ने सहमति भएकाले अन्य निकायले स्थायी संरचना निर्माणका लागि सरकारी अनुमति नपाउने भएपछि विद्यालय पुनर्निर्माणको काममा ढिलाइ भएको प्रअ देवकोटाले बताउनुभयो ।
विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिमपूर्ण तवरले पठनपाठन गर्नुपर्ने बाध्यता छ । ‘अझै टिनको छाप्रोमा (अस्थायी सिकाइ केन्द्र) मा पढाइ हुन्छ ।’–शिक्षक मेदन देवकोटाले भन्नुभयो–‘शिक्षणका लागि भवन अभावले समस्या भयो ।’
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ ।
यो विद्यालयमा ८ कक्षासम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ । बाँकी एउटा मात्र कक्षामा कोठामा पढाइ हुन्छ ।
अरु कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय तीन वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिए विद्यालय निर्माणमा ढिलाइ भइरहेको छ । जस्तापाता कतिबेला हुरीले उढाउँछ भन्ने त्रासमा पठनपाठन गर्नुपर्ने शिक्षक तथा विद्यार्थीको भनाइ छ ।
जग्गाको अभाव र जोखिममा परेर बस्ती विस्थापित भएका गरी सातओटा र चीन सरकारले जिम्मा लिएका तीन ओटा विद्यालयको निर्माण सुरू नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले जनाएको छ ।
तीन ओटा विद्यालय चीन सरकारले बनाउने भनेर जिम्मेवारी लिएको थियो । केही विद्यालयमा भने भवन निर्माणका लागि कुनै निकाय नै पुगेको छैन । कतिपय विद्यालयमा जग्गाको अभाव देखिन्छ ।
समयमै विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूले सुरक्षित विद्यालयमा पढ्न पाएनन् । गर्मीको चर्को घाम र कठ्याङ्ग्रिदो जाडोमा विद्यार्थीहरु सहज रूपमा पठनपाठन गर्न समस्या छ ।
त्यसैगरी कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूमर्याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…