भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या
०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ ।
भूकम्पले क्षति पुगेको तीन वर्षबिते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि अस्थायी टहरामा कक्षा सञ्चालन गर्नुपरेको छ । टहरा भरासिला नहुँदा कतिबेला के हुने हो भयकाबिच पठनपाठन गर्नु परेकोमा शिक्षक र अभिभावकको गुनासो छ ।
अस्थायी टहरामा कक्षा सञ्चालन गर्दा सबैभन्दा समस्या पानी परेका समयमा हुने गरेको छ । भयरहित वातावरणमा कक्षा सञ्चालन गर्न नपाउँदा विद्यार्थीहरूको मनोविज्ञानमा समेत प्रभाव परेको शिक्षकहरुको अनुभव छ ।
हिमाली क्षेत्रमा अत्यधिक चिसो र बेँशीमा गर्मीले अस्थायी टहरामा पठनपाठन सञ्चालन गर्न समस्या भएको जनकल्याण अधारभूत विद्यालय, पात्लेकी शिक्षिका मनिषा तामाङले बताइन् ।
ओखलढुङ्गामा भूकम्पले २ सय ७६ विद्यालय पूर्ण र ४ सय ९४ विद्यालय आंशिक क्षति भएका थिए । ती विद्यालयका ८ सय २३ कक्षा कोठा पूर्ण क्षति भए पनि अहिलेसम्म अधिकांश विद्यालयका भवन पुनः निर्माण भइसकेका छैनन् ।
कक्षाकोठा अभावमा सिद्धिचरण नपा वडा नं. १ को तिनपिप्ले आधारभूत विद्यालय, मोलुङ गाउँपालिकाको जनकल्याण अधारभूत विद्यालयसहित एक दर्जन विद्यालयले बहुकक्षा शिक्षण गर्दै आएका छन् ।
विद्यालयमा कक्षा कोठा अभाव भएपछि त्रिपालका शिक्षण केन्द्रमा पठनपाठन गराउन समस्या भएको शिक्षकहरूले बताएका छन् । त्रिपालका शिक्षण केन्द्रमा पढ्न नसकिने यसम माविका छात्रा मनिता खत्रीले गुनासो गरिन् ।
भत्किएका विद्यालयका कक्षा निर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ भने कतिपय विद्यालयले जीर्ण कक्षा कोठामा जोखिमपूर्ण अवस्थामा कक्षा सञ्चालन गरिरहेका छन् ।
अहिले शिक्षा कार्यालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाईमार्फत ४७ विद्यालय निर्माणको चरणमा रहेका छन् भने विभिन्न संस्थाहरूले ३० भन्दा बढी विद्यालय निर्माण गरे पनि दुर्गम गाउँका विद्यालय अझै पुनः निर्माण भएका छैनन् ।
विद्यालयको पुनः निर्माण सुस्त हुनुमा प्राविधिक पक्ष हेर्ने निकायले अनुगमन र समन्वय प्रभावकारी नदेखिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
इकाईका प्रमुख खगेन्द्र श्रेष्ठले प्राविधिक पक्ष हेर्ने जिल्ला आयोजना कार्यन्वयन इकाईसँगको समन्वयलाई प्रभावकारी बनाउन छलफल भइरहेको बताए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…