भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा चौरमै कक्षा सञ्चालन
आमाछोदिङमो गाउँपालिका–५ स्थित विनाशकारी भूकम्पले भत्काएको पाजुङ आधारभूत विद्यालय भवन पुननिर्माण हुन नसक्दा खुल्ला चौरमै कक्षा सञ्चालन गर्ने गरिएकाे छ ।
विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ३५ छात्र र ४५ छात्रा गरी ८० जना जना अध्ययनरत छन् । विद्यालय पुननिर्माणको लागि धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन इकार्ई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको प्रधानाध्यापक केदार घिमिरेले बताउनु भयो । अस्थाई सिकाई केन्द्रमा पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको घिमिरेले बताउनुभयो ।
वर्षातमा पानी पर्दा र पुसमाघको हिमपातपछि विद्यालय बन्द गर्नु पर्ने स्थिति रहेको प्रअ घिमिरेले बताउनुभयो । भूकम्पका कारण पूरैगाउँ जोखिम बस्तीमा परेका कारण त्यही ठाउँमा भवन निर्माण गर्न नमिल्ने भएकोले पाजुङ र केराबारीमा ८६ घरपरिवार जोखिममा रहेकोले बस्तीसँगै विद्यालय पनि सार्नुपर्ने भएकोले सुरक्षित स्थानमा जग्गा अभावले पाजुङ आवासिय विद्यालय भवन निर्माण हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।
भूकम्प गएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । जसले गर्दा निकै कष्टसाथ पठनपाठन हुने गरेको छ । कक्षा कोठा अभावमा भूकम्प प्रभावित विद्यालय अझै उस्तै रहेकोले विद्यार्थी समस्यामा परेको आमाछोदिङमो गाउँपालिका–५ का वडा सचिव छोवाङ तामाङले बताउनुभयो । ‘न बस्ती स्थानान्तरण हुन सक्यो न विद्यालय नै स्थानान्तरण भयो’ उहाँले भन्नुभयो । ‘खुल्ला चौरमा कतिदिन पढाउनु, जोखिम स्थानमा भवन बनाउन पनि नमिल्ने’ प्रअ घिमिरेले भन्नुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…