भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या
नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या भएको छ ।
भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएर पुनः निर्माण नहुँदासम्म सात जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा अहिले १ सय १६ जना पुरुष बन्दीहरू राखिएको जिल्ला कारागार कार्यालयका सूचना अधिकारी गौरव श्रेष्ठले बताउनु भयो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारको भौतिक संचरना, जीर्ण भवन, खानेपानी, शौचालय, ढल निकास र फोहर व्यस्थापन नहुँदा जिल्ला कारागार, जिल्ला कारागारमा राखिएका कैदीबन्दीहरूले समस्या भोग्नु परेको हो ।
सात जना क्षमता भएको बन्दीगृहमा ८३ जना कैदी र ३३ जना थुनुवा राखिँदा कैदीबन्दीहरूलाई बस्न साँघुरो भएको, शौचालयमा लाइन लाएर जानु परेको र खाना खाँदा पनि आलोपालो गर्नु पर्ने अवस्था रहेको चौतारा बन्दीगृहका कैदी भरत ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार जेल भित्र कैदीबन्दीहरूलाई सामान्य हिँड्डुल र घुमफिर गर्न समेत समस्या भएको छ ।
भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माणको लागि यसभन्दा अगाडि पुनः निर्माण प्राधिकरणले प्रयास गरे पनि निर्माण कार्य शुरु नभएपछि हाल सघन शहरी कार्यालयबाट पुनः निर्माण गर्ने प्रक्रिया शुरु भए तापनि हालसम्म काम शुरु नभएको कारागारका जेलर अनिल बुढाथोकीले बताउनु भयो । नयाँ बन्दीगृह निर्माण गर्ने काम माथि मन्त्रालयको भएको हुँदा आफूलाई निर्माणसम्बन्धी खास कुनै जानकारी नहुने कुरा समेत जेलर बुढाथोकीले इन्सेकलाई जानकारी दिनुभयो ।
कारागार व्यवस्था ऐन २०७९ को दफा १५ को उपदफा १ अनुसार कारागार प्रशासकले बन्दीलाई बसोबासका लागि उपयुक्त स्थानको व्यवस्था गरिनु पर्ने भनिएको छ । तर ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई उक्त कारागारमा बस्न समस्या भएको हो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…