भूकम्पले चर्किएको भवनमा पठनपाठन, विद्यार्थीको ज्यान जोखिममा
जयपृथ्वी नगरपालिका–११, टाउतोलास्थित नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । ०८० असोज १६ गते आएको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरूले डरैडरले अध्ययन गर्नुपरेको छ ।
विद्यालयका प्रधानाध्यापक बउकास शाहीका अनुसार ६३ जना विद्यार्थी रहेको यो विद्यालयमा भूकम्पका कारण चर्किएको भवनमा पठनपाठन गराउनु पर्ने बाध्यता छ । स्थानीय सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस् पहल नभएको उहाँले गुनासो गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र रोकायाले विद्यालय भवन पुनर्निर्माणका लागि वडा, नगरपालिका र प्रदेश सरकारसँग अनुरोध गरे पनि अहिलेसम्म कुनै पहल नभएको बताउनु भयो । उहाँका अनुसार चर्किएको भवनमा पठनपाठन गर्दा विद्यार्थीहरू जोखिममा परेका छन् ।
कक्षा २ मा अध्ययनरत छात्र उत्सव रोकायाले भन्नुभयो, हामी डराउँदै पढिरहेका छौँ । विद्यालयको भवन भत्किएला भन्ने डरले ध्यान पढाइमा जाँदैन ।’ स्थानीय अभिभावकहरूले पनि विद्यालयको पुनर्निर्माणका लागि पहल गर्न सरकारसँग अपिल गरेका छन् । यस समस्याले विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको स्थानीय राम सार्कीले बताउनु भयो ।
वडाको बजेटले भवन निर्माण गर्न नसकिने भएकाले असार मसान्तसम्म मर्मत सम्हार गर्ने भनेर योजना बनाएको जयपृथ्वी नगरपालिका–११ का वडाध्यक्ष सर्जन थापाले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…