भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली
रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका-११, फारुलागाँउमा ०८० कात्तिकमा गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको छ । मानवीय र भौतिक क्षति बेहोरेका जाजरकोट र रुकुम पश्चिमका नागरिक वर्षामा मनसुनजन्य विपद्बाट त्यतिकै क्षतिको सामना गर्नु परेको छ । भूकम्पले घरविहीन भएपछि स्थायी आवासमा डर त्रासमै रात बिताउने गरेका छन् । अधिकांश नागरिक त्रिपालमुनी बस्न बाध्य भएका छन् ।
आठबीसकोट नगरपालिका-११, फारुलागाँउका नरबहादुर खड्काले भूकम्पको घाउ बिर्सिन नपाउँदै बाढी पहिरोले घर न टहराको बास पाउन मुस्किल भएको बताउनु भयो । 'भूकम्पबाट घर भत्किएर भाग्य बलियो भएर बाँचियो । बर्खाले हरेक दिनरात त्रास दिएको छ । भूकम्पले घर भत्किएपछि बस्नलाई बनाएको अस्थायी टहरा पहिरोले बगायो । सोही गाँउका आठ ओटा घर पहिरोले बगाएको छ । गाउँका ४५ घर पहिरोको उच्च जोखिममा छन्', खड्काले भन्नुभयो । आठबीसकोट नगरपालिका-११ की विर्मी नेपालीले घर भूकम्पले भत्काएको, भएको टहरा पहिरोले बगाउँदा बर्खाको समयमा सर्पको उत्तिकै डर र त्रिपालको भरमा रात बिताउने गरेको बताउनु भयो । गाउँमाथिबाट पहिरो आउनुभन्दा पहिला नै टहराबाट निस्किएकाले ज्यान बचाउन सफल भए पनि टहरा भित्र भएको खाद्यान्न लगाएत सामान बचाउन नसकेको उहाँले बताउनु भयो ।
सरकारले दिएको २५ हजार रुपियाँ अनुदान रकमले टहरा बनाएर बस्दै आएका नागरिक त्रिपालमुनी सर्नु परेको छ । सरकारले दिएको पहिलो किस्ता रकम र केही रकम जोहो गरी बनाएर बसेका टहरा दोस्रो किस्ता नपाउँदै टहरा नै पहिरोले भत्काइदिएको नेपालीको भनाइ छ । साउन १ गतेदेखि आठबीसकोट नगरपालिकाका विभिन्न वडाका बस्तीमा नागरिकले धनजनको क्षति व्यहोर्नु परेको छ । सो गाउँका १६ घरपरिवारलाई वडा कार्यालयले खलबहादुर घर्तिको जग्गामा भाडामा लिएर त्रिपालमुनी सुरक्षित स्थानमा सारिएको आठबीसकोट नगरपालिका-११ का वडा अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । वडा अध्यक्ष पुनले पहिरो प्रभावित परिवारको सुरक्षित बस्न योग्य जमिन नहुँदा सुन्तला, मकै लगाएको जमिन पहिरोले बगाएकाले सुरक्षित स्थानमा सारिएको बताउनु भयो ।
सोही वडाको चिसापानी, गोइरी, डाँडागाउँ लगाएतका बस्ती पहिरोको जोखिममा छन् । एउटा विपद्को घाउ नपुरिदै अर्को विपद् थपिएको छ । चिसापानीका ६४ घर पहिरोको जोखिममा छन् भने ३० घरपरिवारले घर छोडेर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् । गोइरीका २० घर पहिरोको जोखिममा छन् । चार घर परिवार त्रिपालमुनी बसेका छन् । भिरालो जमिन भूकम्पले चिराचिरा पारेपछि बर्खाको पानीले बाढीपहिरोको जोखिम बढाएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मनसुनजन्य घटनाका कारण आठबीसकोट र मुसिकोट नगरपालिकामा पाँच जनाको मृत्यु भएको बताउनु भयो । बाढीपहिरोमा परी एक जना बेपत्ता हुनुभएको छ । साउन १ गतेदेखि साउन २३ गतेसम्म १६ ओटा पशुचौपायको मृत्यु, १८ ओटा घर, १२ ओटा पानी घट्ट र एक ओटा विद्यालय भवन भत्किएका छन् । बाढीपहिरोले रुकुम पश्चिममा २ सय ८३ घरपरिवार विस्थापित भएका छन् । त्यसैगरी २ हजार ७ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…