भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली
बारकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर ०८० कात्तिक १७ गते मध्यरातमा १ सय १ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको छ । आवासविहीन भएका परिवार टहरामा सुरक्षित बस्न सक्ने अवस्था छैन । भूकम्पले घर ढलेपछि अस्थायी टहरामा बसेका सर्वसाधारण विपद्जन्य मनसुनले बाढी पहिरो जान थालेपछि डर त्रासमा रात बिताउन बाध्य भएका छन् ।
कात्तिकमा धनजनको क्षति व्यहोरेका जनता मनसुनजन्य घटनाले अस्थायी आवास समेत पहिरोले बगाउन थालेपछि छोड्नु परेको छ । भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकाका भूकम्प पीडित जनता डर त्रासमै रात बिताउन बाध्य भएका छन् । भूकम्पले दिएको चोट पुरिन नपाउँदै बाढी पहिरोले परिवारको बिचल्ली बनाएको छ । सरकारबाट पहिलो किस्ता पाएर सोही किस्ताले नपुगी साहुबाट कर्जा लिएर बनाएका अस्थायी टहरा दोस्रो किस्ता नपाउँदै बाढी पहिरोले बगाउँदा सर्वसाधारणलाई ज्यान जोगाउन मुस्किल भएको छ ।
नलगाड नगरपालिका–४, सार्कीबाडा सितली सार्कीको घर भूकम्पले भत्किएपछि सरकारको अनुदान सहयोगमा बनाएको टहरा पहिरोले भत्किदा सात जनाको परिवार बिचल्लीमा परेको हो । 'भूकम्पले घर भत्कायो । पहिरोले टहरा पुर्यो । विपद् गरिबलाई नै आउने रहेछ । कति पीडा सहेर बाँच्ने हो', सार्कीले भन्नुभयो । भूकम्पबाट बाँचियो । पहिरोबाट बाँचियो । अब के विपद् आइलाग्ने हो । पहिरोले टहरामा भएको अन्नपात पुरिएपछि खाना बस्न समस्या भएको छ । गरिब, विपन्न परिवारको सहारा बन्ने सरकार बेखबर भएको उहाँले बताउनु भयो । सोही वडाका कालीबहादुर रावलको अस्थायी आवास पहिरोले पुरिदिएपछि आठ जनाको परिवार छिमेकीको घरमा बस्नु परेको छ । पहिरोका कारण उच्च जोखिममा रहेका सात घरपरिवारले घर छोडेर छिमेकीको घरमा शरण लिएका छन् ।
पहिरोले टहरा पुरेपछि बिचल्लीमा परेका कालीबहादुर रावल सहित छिमेकीको घरमा बसेका परिवार नगरपालिकाको प्रशासनिक केन्द्रमा व्यवस्थापनका लागि निवेदन लिएर पुगे पनि स्थानीय सरकारले बेवास्था गरेको पीडित परिवारले बताएका छन् । पहिरो आएपछि परिवार भागेर बच्न सफल भएको र टहरामा भएको अन्नपात पुरिदा खानाको समस्या भएको रावलले बताउनु भयो । स्थानीय सरकारसँग सहयोग माग्न निवेदन लिएर पुगे पनि वास्ता नगरेपछि रित्तो हात फर्किको रावलले बताउनु भयो ।
गरिब, विपन्न, आर्थिक अवस्था कमजोरीले बास बनाउन नसक्ने जनतालाई सरकारले दिएको अनुदान सहयोगबाट बनाएका टहरा नै पहिरोले बगाएपछि ज्यान जोगाउन गाह्रो भएको छ । भिरालो, भूकम्पले धुजा फाँटेको जमिन पानीले भिजाएपछि पहिरोको डरले रातभर जाग्राम बस्नु पर्ने बाध्याता छ । भूकम्पले घरबास गुमाएपछि चिसो मौसम त्रिपालमुनी ओत लागेका जनता भूकम्पले बचेको शरीर जोगाउन निर्माण गरी बसोबास गरेकाे टहराे पहिरोले पुरेपछि त्रिपाल टाँगेर बस्नु परेको छ ।
नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बुद्धीबहादुर पन्तका अनुसार भूकम्पले घर ढलेपछि अस्थायी टहरामा बसेका सितली सार्कीका सात जना, कालीबहादुर रावलका आठ जना परिवारलाई छिमेकीको घरमा सुरक्षित सारिएको छ भने पहिरोको जोखिमामा रहेका सात जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा सुरक्षित स्थानमा व्यवस्थापन गर्ने उहाँले बताउनु भयो । पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…