भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा
गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा दिइरहेका छन् ।
भूकम्पले गोरखाको ५४ ओटा स्वास्थ्य संस्थामा पूर्ण रूपमा क्षति पुर्याएको थियो । ती मध्ये श्रीनाथकोट गाविसमा मात्र अर्धपक्कि भवन वनेको छ । फुजेल, दर्बुङ, ताकुकोट, लापु, धावा, आरुपोखरी, गुम्दा, घ्याल्चोक, सौरपानी, माछाखोला र थुमि गाविसका स्वास्थ्यचौकीले टेण्टबाटै सेवा दिइरहेका छन् । भूकम्पले भत्किएका अन्य स्वास्थ्य संस्थाले भने टहरोबाट सेवा दिइरहेका छन् ।
भूकम्प गएको १५ महिना बित्न लाग्दासमेत स्वास्थ्यचौकी भवन निर्माण नहुँदा टेण्ट र टहरोबाट मुस्किलले सेवा दिइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 'गर्मी हृवात्तै बढेको छ, टेण्ट तातेर भित्र बस्न सक्दैनौँ । तर, पनि सेवा भने दिइरहेका छौं ।'-दर्वुङ स्वास्थ्यचौकीका अहेव पप्पुकुमार रौनियारले भने-'घामले तातेर बिरामी जाँच्दाजाँच्दै आफै बिरामी हुने अवस्था छ ।'
पानी परेको समयमा स्वास्थ्य सेवा दिन निकै समस्या हुने पनि उनले बताए । 'पानी परेको बेला टेण्ट र टहराको आवाजले बिरामीको आवाजै सुनिँदैन । पानी परुञ्जेल काम बन्दै हुन्छ ।'-उनले भने । टेण्टमुनि औषधि राख्ने ठाउँको पनि अभाव भएको स्वास्थ्यचौकीकी इन्चार्ज विनिता श्रेष्ठले बताइन् । 'स्टोर पनि टेण्ट भित्रै छ । औषधि तातेर पग्लिएला जस्तो हुन्छ ।'-श्रष्ठले भनिन् ।
टेण्ट तातेर जाँच्न आउने बिरामी पनि धेरै समय डक्टरसँग बस्न नचाहने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आएका दर्वुङ-७ का खिमबहादुर विकले भने-'भित्र बस्न सकिँदैन, बाहिरै घाममा तातिएर बस्यो । आफ्नो पालो आएपछि मात्र भित्र पस्ने हो ।'
भूकम्पले भत्काएको स्वास्थ्य संस्था पुनर्निर्माणका लागि विभिन्न सङ्घसंस्थाले जिम्मा लिइसकेको जनस्वास्थ्य कार्यालका हेल्थ असिस्टेण्ट नानीबावु दानीले बताए । 'बर्खा सकियो अब भूकम्पले भत्काएको स्वास्थ्यचौकी पुनर्निर्माण तीव्र गतिमा हुन्छ ।'-दानीले भने ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…