भूकम्पपछि जिल्लाका आवासविहिन नागरिकलाई थप समस्या
भूकम्पपछि जाजरकोट जिल्लाका अधिकांश नागरिकहरू आवासविहिन हुँदा थप समस्यामा परेका छन् । सुरक्षित आवास नहुँदा भूकम्प प्रभावित क्षेत्रका नागरिकहरू पीडै पीडामा दिनरात बिताउन बाध्य भएका हुन् ।
भिरालो जमिन भूकम्पले धाँजा फाटेका पहाडमुनीका बस्तीका नागरिकलाई दिनरात बिताउन मुस्किल भएको छ । बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्र विन्दु भएर गत वर्ष कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिकामा भूकम्पले सर्वसाधारणको धनजन क्षति भएको हो । जाजरकोटका सात ओटा स्थानीय तह भूकम्पको धक्काबाट अछुतो रहेनन् । भूकम्पका कारण घरवारविहिन जनता खानाको अभावमा थप समस्या र वर्षाको बाढीपहिरोले ज्यान बचाउन समेत गाह्रो भएको छ ।
सरकारले अस्थायी आवासका लागि दिएको पहिलो किस्ता र साहुबाट कर्जा लिइ बनाएका टहारामा बस्दै आएपनि अविरल वर्षाका कारण नागरिकहरू त्रासमा बस्ने गरेका छन् । भूकम्पपछि खेतीयोग्य जमिनमा अस्थायी आवास बनाएर बसेपछि खानामा समेत समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार मनसुनजन्य विपद् बढ्दै गएकाले सुरक्षित स्थानमा बस्न गाउँ तथा नगरपालिकामा रहेका प्रहरी युनिटले सूचना गर्दै आएका छन् । उहाँले सोही अनुसार भिरालो जमिनमा घर तथा टहरा बनाइ बसेका नागरिकलाई घरमाथिको अवस्थालाई मध्यनजर गरी सुरक्षित बस्न आग्रह गर्नुभयो । विपद् जन्य घटनामा ०८१ जेठ महिनादेखि भदौ २२ गतेसम्म बाढीबाट कुशे गाउँपालिकामा एक जना, नलगाड नगरपालिकामा एक जना, बारेकोट गाउँपालिकामा एक जना गरी तीन जना बेपत्ता भएका छन् ।
नलगाड नगरपालिका–१, चिउरीगाँउका लालबहादुर कामीले ज्यालामजुदरीबाट भूकम्पपछि चिसो, गर्मी छिचोल्दै विहान बेलुकाको गर्जे टारेका नागरिकलाई बर्खाको बाढीपहिरोले सताउन थालेपछि त्रासै त्रासमा दिन बिताउने गरेको बताउनु भयो । नलगाड नगरपालिका–४ का ध्रुव गौतमले भिरोलो जमिनमा बनाएका घरमा माथिबाट पहिरो आएर घरसँगै नागरिकको धनजन क्षति पुर्याउन थाल्दा गाउँका नागरिक निराशा भएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले वर्षा नरोकिएकाले बाढीपहिरोको बेला उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भिरालो जमिनमा बसोवास गरेका अधिकांश नागरिक स्वयम् सचेत हुन अनुरोध गर्नुभयो ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…