भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी
रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा बताएका हुन् ।
छलफल कार्यक्रममा इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले विगतमा नागरिक राजनीतिक अधिकारको क्षेत्रमा काम गरिरहेका नेपालका मानव अधिकार सङ्घ संस्थाहरूको लागि भूकम्प पछिको आर्थिक सामाजिक अधिकारको क्षेत्रमा काम गर्न केही असजिलो पनि भइरहेको बताए । उनले अबको मानव अधिकारको अनुगमन आर्थिक सामाजिक क्षेत्रमा हुनु पर्नेमा जोड दिए ।
उनले भूकम्प पछिको पुनर्निर्माणको क्रममा देखिएका मानव अधिकारसँग सम्बन्धित घटनाको अध्ययन गर्नका लागि इन्सेकले मध्यमाञ्चलका अति प्रभावित रामेछाप, दोलख, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लाको स्थलगत अनुगमन गरी रहेको बताए । अनुगमन पछि प्रभावितहरूको पुनर्वासका लागि नीतिगत रूपमा देखिएका समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।
छलफल कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले रामेछाप जिल्लाको भूकम्प पछिको पुनर्निर्माणको क्रममा देखिएका समस्याको बारेमा जानकारी गराएका थिए । उनले कतिपय पीडितहरू लाभग्राहीको सूचीमा नपरेका गुनासो माथि सरकारले कुनै निर्णय नगरेको तथा घर बनाउन लागेकालाई समेत प्राविधिकले पैसा मागेर हैरान पारेको गुनासो आएको बताए । साथै गुठीका जग्गा भएकाहरूको बारेमा समेत कुनै निर्णय नहुँदा उनीहरू अन्योलमा परेको उनले बताए ।
छलफलमा आदिवासी जनजाति महासङ्घका जिल्ला सचिव श्रीबहादुर माझीले राज्यको मापदण्ड व्यवहारमा कार्यान्वयन नहुँदा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवाहरू पीडितको निशाना बनेको बताए ।
अधिवक्ता विचारसिंह तामाङले बस्न नहुने भएका ठाउँका नागरिकको बारेमा राज्यले कुनै निर्णय नगर्दा उनीहरू अन्योलमा परेको बताए । सञ्जालका संयोजक एवम् वार अध्यक्ष पाण्डव प्रसाईँले भूकम्प पछिको पुनर्निर्माणको क्रममा भएका मानव अधिकार विरुद्धका घटनाका मानव अधिकार संरक्षण सञ्जालले अब अनुगमन थाल्ने बताए ।
कार्यक्रममा सञ्जाल सदस्यहरूका साथै इन्सेक केन्द्रीय कार्यालयका राजेश मिश्र र मध्यमाञ्चल क्षेत्रीय कार्यालयका गणेश भण्डारी समेतको सहभागिता रहेको थियो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…