भूकम्पको ६ वर्ष : प्रदेश १ मा विद्यालय भवन र स्वास्थ्य संस्था पुननिर्माणको बास्तविकता

  ०८७ वैशाख १३ गते

०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका नौ प्रतिशत घरहरूको अझै पुनर्निर्माण भइसकेको छैन । विनाशकारी भूकम्पको कारण प्रदेश १ का ६ ओटा जिल्ला प्रभावित भए सोलखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, धनकुटा, भोजपुर र खोटाङमध्ये अति प्रभावित ओखलढुङ्गामा राष्ट्रिय पुननिर्माण प्राधिकरण क्षति भएका भौतिक संरचनाहरू निर्माण गरीरहेको छ ।

पुननिर्माण प्राधिकरणको स्थापना गरी सरकारले भूकम्पबाट भएको भौतिक संरचनाको पुननिर्माणमा जनताको निजी आवास निर्माणलाई सघाउन अनुदान उपलब्ध गराउनु, सरकारी तथा सार्वजनिक भवन तथा सम्पदाको जिर्णाेद्वार तथा पुननिर्माण गर्ने लक्ष्य सरकारको छ ।

जनताको आवासको अधिकारको सुनिश्चितताको लागि पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासको पुननिर्माण नै रहेको थियो । जसको उपलब्धि ९३ प्रतिशतको भएको प्राधिकरणले जनाएको छ । जसमा अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये निजी आवास पुननिर्माण सुरू गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ छ ।

साथै जोखिम क्षेत्रमा रहेका  २ सय ९९ स्थानका ४ हजार ७ सय २० लाभग्राही परिवारलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राही परिवारलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ ।

भूकम्पबाट क्षति पुगेका ९ सय २० पुरातत्विक सम्पदामध्ये ४ सय ९३ ओटाको पुननिर्माण सम्पन्न भएको र २ सय ८८ वटा पुननिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । जसमा राष्ट्रिय महत्व तथा सार्वजनिक चासो रहेको काठमाडौँको रानीपोखरी र धरहराको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको जिर्णद्वारको कम पनि सकिएको छ ।

त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ ओटा विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुननिर्माण सम्पन्न भएको र १७ प्रतिशत विद्यालय पुननिर्माण भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, कुल १ हजार १ एक ९७ ओटा स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ । २ सय ९६ को पुननिर्माण जारी रहेको र ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७० ओटा भवनको र सुरक्षा निकायका २ सय १६ ओटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रदेश १, का पहाडी तथा हिमाली जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा ४२ ओटा स्वास्थ्य संस्था भवन पुननिर्माणको क्रममा रहेका छन् ।

ओखलढुङ्गामा २२ ओटा, खोटाङमा १७ ओटा र सोलुखुम्बुमा तीन ओटा गरी जम्मा ४२ ओटा स्वास्थ्य संस्था भवन पुननिर्माणको क्रममा रहेका छन् । जसमध्ये हालसम्म ११ ओटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । बाँकी ३१ ओटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुङ्गाका प्रमुख इन्जिनियर अर्जुन तामाङले जानकारी दिनुभयो ।

ओखलढुङ्गाको जन्तरखानी, माम्खा, रगनी, टारकेराबारी र नर्वदेश्वर स्वास्थ चौकी पुननिर्माण सम्पन्न भएका छन् । त्यसैगरी उँबु, सिस्नेरी, टोक्सेल, भुसिंगा, दियाले र हर्कपुर स्वास्थ्य संस्था भवन चालू आर्थिक वर्षमा पुननिर्माण सम्पन्न हुने गरी काम भइरहेको छ । दौरे, वाक्सा, बिगुटार, थाक्ले, तलुवा, सिंहदेवि, सल्लेरी, बेतिनि र पोकली गरी जम्मा नौ ओटा स्वास्थ्य चौकी चालू वर्षमा सम्झौता भई निर्माण कार्य अघि बढेको छ ।

पात्ले र माधवपुर स्वास्थ्य चौकी वोलपत्र मूल्याङ्कनको चरणमा छ । त्यसैगरी खोटाङको विजया खर्क, चिप्रिङ, नेर्पा, दुवेकोल, सप्तेश्वर, टेम्मा स्वस्थ्य चौकी भवन गत मङ्सिरमा निर्माण सम्पन्न भई सञ्चालनमा छ ।

वाकाचोल, बासापानी, देवीस्थान, खल्ले, रिप्दुङ जलेश्वरी, ओप्लुखा स्वस्थ्य चौकी भवनको हालै सम्झौता भएर निर्माण कार्य अघि बढेको छ ।

वतासे, बाहुनी डाँडा, मंगलटार, चिउरी डाँडा, राखाबाग्देल स्वास्थ चौकी भवनको पनि सम्झौता भइ काम अघि बढेको प्राधिकरणले जनाएको छ । पाँच ओटा स्वास्थ्य चौकी भवन अरबी मुलुक साउदी सरकारको सहयोगमा बन्न लागेको हो भने बाँकी ३७ ओटा नेपाल सरकारको स्रोतबाट निर्माण हुनेछ ।

त्यसैगरी सोलुखुम्बुमा नेले आयुर्वेद औषधालय, काँकु स्वस्थ चौकी, सम्झौताको चरणमा छन् भने खुम्जुङ स्वास्थ चौकी मूल्याङ्कनको चरणमा  छ ।

भूकम्पबाट अति प्रभावित ओखलढुङ्गाका २२ ओटा स्वास्थ्य चौकी पुननिर्माणमा क्रममा रहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुङ्गाबाट पुर्ननिर्माणमा परेका स्वास्थ्य चौकी मध्ये सात ओटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् ।  नौ वटा स्वास्थ्य चौकी चालू आर्थिक वर्षको चैत ९ गते देखि चैत १८ गतेसम्म सम्झौता भई निर्माण कार्य भइरहेको छ । खिजिदेम्बा गाउँपालिका–८ भुसिङ्गाामा रहेको स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा छ ।  तीन ओटा स्वास्थ्य चौकी भने निर्माणाधीन अवस्थामा रहेको र यही आर्थिक वर्षमा हस्तान्तरण गरी सक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुङ्गनले जनाएको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिका–९ को माधवपुर स्वास्थ्य चौकी  र मोलुङ्ग गाउँपालिका–७ मा रहेको पात्ले स्वास्थ्य चौकीको प्राविधिक बोलपत्र खोली मूल्याङकनको काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भवन नक्साङ्कन अनुसार जिल्लामा निर्माण भएका स्वास्थ्य चौकी भवनहरू अपाङ्गमैत्री तथा बालमैत्री नभएको पाइएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ओखलढुङ्गाबाट आर्थिक वर्ष ०७३-०७४ कार्यक्रममा ४७ ओटा विद्यालय भवन पुननिर्माणमा परेकोमा ४७ ओटा नै विद्यालय भवन बनिसकेका छन् । आर्थिक वर्ष ०७४-०७५ मा ४६ ओटा विद्यालय पुननिर्माणमा परेकोमा ४५ विद्यालय पुननिर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् । एक ओटा विद्यालयको समयमै सम्झौता नहुँदा विद्यालय पुननिर्माणको बजेट फिर्ता भयो । आर्थिक वर्ष ०७५-०७६ मा ३२ ओटा विद्यालय भवन पुननिर्माणमा ३२ ओटा नै निर्माण सम्पन्न भइसकेका छन् ।

०७५-०७६ मा ५० ओटा शौचालय पुननिर्माणमा परेकोमा २३ ओटा निर्माण सम्पन्न भइसकेका छन् । २७ ओटा शौचालय अहिले निर्माणधिन अवस्थामा  छन् । ०७५-०७६ मा ३२ ओटा विद्यालय भवन पुननिर्माणमा परेकोमा २५ ओटा विद्यालय बनिसकेका छन् भने सात ओटा विद्यालय अहिले निर्माणाधिन अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष ०७६-०७७ मा ४६ ओटा विद्यालय पुननिर्माणमा परेकोमा ४५ ओटा विद्यालय निर्माणाधीन अवस्थामा छन् । । आर्थिक वर्ष ०७६-०७७ मा ५९ ओटा शौचालय पुनःनिर्माणमा परेकोमा दुई ओटा शौचालय निर्माण सम्पन्न भइसकेको छन् । ५६ ओटा शौचालय निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । एक ओटा शौचालय भने समयमै सम्झौता नहुँदा विद्यालय पुननिर्माणको बजेट फिर्ता भएको छ ।  भयो ।

ओखलढुङ्गामा आर्थिक वर्ष ०७६-०७७ स्वच्छ पिउने पानीमा ६४ ओटा विद्यालय परेकोमा तीन ओटा बनिसकेका छन् । ६० ओटा धारा निर्माणको अवस्थामा छन् । स्वच्छ पिउने पानीका लाउिग २ सय १५ ओटा विद्यालय धारा पुननिर्माणमा परेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ओखलढुङ्गाबाट पुननिर्माणमा परेका विद्यालयमध्ये १ सय ४९ विद्यालय निर्माण सम्पन्न भएर पनि हस्तान्तरण भइसकेका छन् ।


सरस्वती बानिया