भूकम्पका कारण एक जनाको मृत्यु, भौतिक संरचनामा क्षति
हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर माघ १० गते गएको भूकम्पका कार गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको छ भने चौपाय र भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
जुरेली भन्ने जङ्गलमा घास काटीरहेको बेला भूकम्पका कारण माथीबाट आएको ढुङ्गा लागेर रोकायको घटनास्थल मै मृत्यु भएको वडाध्यक्ष देबहादुर रोकायाले बताउनु भयो ।
यसैगरी भूकम्पका कारण भिर फुट्दा भेडा चराउन गएका गौमुल गाउँपालिका–१ का स्थानीय रामदल बोहोरा घाइते हुनु भएको छ । ढुङ्गा लागेर बोहोराको टाँउको, हात र खुट्टामा चोट लागेको छ । घाइते बोहराको उपचार अम्लिस स्वास्थ्य चौकीमा भइरहेको स्थानीय सुभाष रोकायाले बताउनु भयो । भूकम्पकै कारण पहिरो जाँदा पहिरोमा परेर स्थानीय रामदल होरोराका ५० बढी भेटा मरेको समेत रोकायले बताउनु भयो ।
भूकम्पका कारण बडिमालिका नगरपालिका–७ रजातोलीका हरिचन्द पाध्याय, सोही वडाको सिराडीका धनबहादुर बिक र करबिरे लोहार, बडिमालिका नगरपालिका–८ का हर्क गुरुङको घर पूर्ण रुपमा भत्केका छन् । बडिमालिका वडा नम्बर ८ का तुला थापा, जया रावल, रुपा रावल, बडिमालिका नगरपालिका वडा नम्बर ९ का किट्टो लुहार, गोले थापा, बसन्त बिक, गचे चदारा, शान्ति धोजाली, सुर्जा विक, लाल चदारा, प्रकाश चदारा र गोरख चदाकाका घर पूर्ण रुपमा चर्कीएको वडाध्यक्ष सूर्यकिरण विकले बताउनु भयो ।
बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतका अनुसार वडाका दिल हमाल, नरेन्द्र हमाल र भौनेरा माध्यामिक विद्यालयको भवनमा क्षति भएको छ ।
हिमाली गाउँपालिका–६ स्थित भवानी मावि विद्यालयको तीन कोठे भवन पूर्ण रुपमा भत्केको छ भने अर्को भवन चर्किएको गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले बताउनु भयो ।
यसैगरी हिमाली गाउँपालिका–६ का धनराज संज्याल, नन्दकृष्ण पाण्डे, उमाकान्त पाण्ड,े नन्द बुढा, नन्दकृष्ण पाण्डेको घरमा क्षति भएको उपाध्यक्ष सार्कीले बताउनु भयो ।
उहाँले हुम्ला जिल्लाको ताजाकोट घर भई दिदि रुपा नेपालीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली भूकम्प आएको समयमा भाग्न खोज्दा बोहोस भएर घाइते भएकिन र उनको उपचार धिम स्वास्थ्य चौकीमा भइरहेको बताउनु भयो ।
यसैगरी हिमालि गाउँपालिका वडा नम्बर ५ का कर्णबहादुर बुढ्थापा, धनबहादुर कार्की, प्रदिप थापा, सम्भुलाल कार्की, वडा नम्बर ४ का धिरेन्द्र मल्ल र ज्ञानेन्द्र मल्लको घरमा क्षति पुगेको छ ।
मुख्य केन्द्र बिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छायामा माघ ११ गते बिहानदेखि हिमपात हुँदा टेलिफोन टावर नहुँदा सम्पर्क गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालयका डिएपी सूर्यबहादुर थापाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बिच्छाया प्रहरी चौकी छ । तर, प्रहरीले चलाउने सेट छैन । फोनको आधारमा सूचना लिने गरेकोमा विहानदेखि हिउ र पानीका कारण टावर नहँदा सम्पर्क भएको छैन् । यदपी प्रहरीले सूचना संकलन गर्ने र प्रहरी चौकीले उद्धारमा पनि काम गरिरहेको छ ।’
भूकम्पबाट बिस्तापित परिवारलाई स्थानीय र आफन्तको सहयोगमा छिमेकीको घरमा बसाल्ने वातावरण मिलाइएको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भौगोलिक कठीनाईका कारण समस्या भएको, पीडित र क्षतिको विवरण संकलन कार्य भइरहेको बताउँदै तत्काल राहातको लागि स्थानीय पालिकालाई अनुरोध गरेको बताउनु भयो ।
पीडितहरुको विवरण संकलन भएलगत्तै राज्यले तोकेबमोजिमको राहत तत्कालनै दिने वितरण कार्य गरिने पनि प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…