भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती

  ०८१ असोज २७ गते

जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ ।

अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक सूचना जारी गरेपछि बिरामीहरू स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको छ ।

photo 202401013 terthum

जिल्ला अस्पातलको एक्सरे मेशिन विग्रिएको लामो समयसम्म मर्मत नहुँदा समस्या खेप्नु परेको स्वास्थ्य सेवाग्राही हरि लिम्बूले बताउनु भयो । एक्सरे मेसिन मर्मत गर्नुका सट्टा दशैँमा मेशिन मर्मत नहुँने भन्दै अस्पताले सार्वजनिक सूचना जारी गरेर लापरवाही गरेको लिम्बूले आरोप लगाउनु भयो ।

एक्सरे मेशिन विग्रिएपछि बिरामीहरू उपचारबाट वञ्चित हुनु परेको बिरामीहरूले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि स्वास्थ्य सेवाग्राहीले महङ्गो शुल्क तिरेर सदरमुकाम बाहिर बसन्तपुर, धनकुटा, धरान जानुपर्ने बाध्यता छ ।

जिल्ला अस्पतालको एक्सरे मेसिन मर्मत नहुुँदा जिल्लाका विभिन्न ठाँउबाट उपचारको लागि आएका बिरामीहरू उपचार नगरिकन घर फर्किनु परेको छ ।

जिल्ला अस्पतालमा दैनिक ४० जना भन्दा बढी बिरामीहरू उपचारको लागि आउने गरेका छन् ।

एक्सरे मेसिन बिग्रिएको र मर्मत गर्नका लागि जिल्लामा उपलब्ध नहुने भएकाले र दशैँ विदा भएकाले बिदा भरिनै एक्सरे विभाग बन्द भएको एक्सरे फाँट रेडियोग्राफर फरिस्ता न्यौपानेले बताउनु भएको छ ।

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।


सुरेश खत्री