भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा
दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको दक्षिणी क्षेत्रको सोठियाइन गाविस-४ का चार जना बालकहरूलाई परिवारको जिम्मा लगाइएको हो ।
सोठियाइन गाविस-४ का १० वर्षीय पवनकुमार सदाय, १२ वर्षीय सञ्जीवकुमार मुखिया, निरजकुमार सदाय र १३ वर्षीय दिनेश सदायलाई पविारको जिम्मा लगाइएको हो । सिरहाको बस्तीपुरस्थित दलित संरक्षण अभियान मञ्च र मुझफ्फरपुरस्थित निर्देश सामाजिक संस्थाको पहलमा मुझफ्फरपुर स्थानीय प्रशासन र बाल गृहसँग समन्वय गरी मंगलबार लहान ल्याइएका चार जना बालक परिवारको जिम्मा लगाइएपछि आ-आफ्नो घर फर्किएका छन् ।
भारत जयनगर कमलपुरका दलाल अकवर शेखमार्फ् दक्षिण भारतको मुर्म्वईमा पुर्याएर निकृष्ट श्रममा लगाइएका बालकहरुलाई करिव वर्षदिन अघि मुर्म्बई प्रहरीले उद्धार गरी ६ महिनासम्म स्थानीय बाल गृहमा राखेर छ महिनाअघि मुझफ्फरपुर पठाएपछि संस्थामार्फ् जानकारीमा आएको उद्धारमा संलग्न मञ्चका कार्यक्रम व्यवस्थापक सुदेश भगतले जानकारी दिए ।
मञ्चका कार्यक्रम संयोजक सुर्यनारायण रामका अनुसार बाँधा श्रम र मानव बेचविखनविरुद्ध काम गरिरहेको स्थानीय संस्थामार्फ् बाल गृहमा सिरहाका चार जना बालकहरु रहेको सूचना आएपछि उद्धार गरिएको हो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…