भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन्
भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा उत्रेकी शर्मिलाले आज अनसन तोडेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् ।
द्वन्द्वमा पिल्सिएको भारतको उत्तर-पूर्वी राज्य मणिपुर निवासी ४४ वर्षीया शर्मिलाले आजै अदालतसामु उपस्थित भएर अनसन तोड्ने घोषणा गरेसँगै प्रहरी हिरासतबाट मुक्तसमेत भएकी छन् । अदालतले उनलाई १० हजार रुपियाँ धरौटीमा रिहा गरेको हो ।
उनले गत जुलाइ २६ मा अनसन तोड्ने घोषणा गरिसकेकी थिइन् । मणिपुरको प्रान्तीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर राजनीतिमा सक्रिय भई फरक माध्यामबाट आफूले उठाएका मुद्दालाई सम्बोधन गर्ने उनले घोषणा गरेकी छन् ।
आसम राइफल्सका सैनिकले १० जना सर्वसाधारण नागरिक मारेको दुई दिनपछि उनले अनसन थालेकी थिइन् । सन् २००० को नोभेम्बर २ बाट सुरु भएको उनको अनसन आज अन्त्य भएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…