भारतहुँदै कुवेत लैजान लागेका तीन महिलाको प्रहरीद्धारा उद्धार
भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा माघ १४ गते तीन जना महिलाको प्रहरीले उद्धार गरेको छ ।
तीन जना महिलालाई भारतको दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङले मोटो रकम दिने आश्वासनका साथ म्याग्दी घर बताउने धनबिर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेण्टका रूपमा सिमा पार गराउने खैरिचनदनपुर-४ का रतन बिक र ढोढरी गाविस-३ बेलुबा चोकका अर्जुन बिकले इलाका प्रहरी कार्यालय सानोश्रीतारातलको प्रहरी गस्ती टोलीले १० नम्बर ओपीबाट उनीहरूलाई उद्धार गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएका मध्ये लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् ।
गैर कानुनी तरिकाले महिलाहरूलाई भारतको दिल्ली हुँदै कुवेत लैजान लागेकोको आरोपमा धनबिर पुन र रतन बिकलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेको छ भने अर्का आरोपित अर्जुन बिक फरार् रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले जानकारी दिए ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…