भारतमा नृत्य गर्ने काममा लगाइएका चार जनाको उद्धार
नेपाल प्रहरी र माइती नेपाल वीरगंज आवधिक गृहको संयुक्त टोलीले भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका एक जना बालिका र तीन जना युवतीलाई उद्धार गरी साउन ११ गते नेपाल फर्काइएको छ ।
वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलबाट करिब २५ किलोमिटर दक्षिणपूर्वमा रहेको सहर छौडा दानोबाट उनीहरूको उद्धार गरी ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालका अनुसार उद्धार गरी ल्याइएकामध्ये एक जना सुनसरी र तीन जना झापाका हुन् ।
जसमध्ये एक जना १६ वर्षीय बालिका र बाँकी तीन जना १९–२० वर्षीया उमेर समूहका छन् । सोधपुछको क्रममा चार जना युवतीमध्ये एक जना पहिलेदेखि नै भारतमा आर्केस्ट्रामा नृत्य गर्दै आएकी थिइन् ।
उनले नै दुई जनालाई आकर्षक रकम पाइने बताउँदै भारत लगेको खुलेको प्रहरीले जनाएको छ । बारा जिल्लाको कवही नाका हुँदै उनीहरू ०७८ साउन ५ गते भारत प्रवेश गरेका थिए ।
माइती नेपाल वीरगंज आवधिक गृह प्रमुख सङ्गीता पुरीका अनुसार उद्धार गरिएकाहरूलाई आउँदो अगस्ट १ तारेखमा एक बर्थ डे कार्यक्रममा नृत्य गर्नका लागि तयार गरिँदै थियो ।
उनीहरूलाई दैनिक भारतीय १ हजार ५ सय रुपियाँ पारिश्रमिक दिने बताइएको थियो । उनीहरू आबद्ध आर्केस्ट्रा समूह एक बङ्गाली महिलाले सञ्चालन गरिरहेकी छन् ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…