भारतबाट एक बालकको उद्धार
जोखिमपूर्ण काममा रहेका १३ वर्षीय बालकलाई भारतको गोण्डाबाट उद्धार गरेर भदौ ४ गते परिवारको जिम्मा लगाइएको छ ।
मायादेवी गाउँपालिका–२ बस्ने १३ वर्षीय अजहर मुसलमानलाई भारतको गोण्डाबाट भदौ २ गते उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कृष्णनगरले जनाएको छ ।
बालक घरबाट हराएपछि मानव बेचबिखन तथा ओसारपसारविरूद्ध काम गर्ने सङ्घ संस्था, प्रहरी, प्रशासनलगायत विभिन्न संघ संस्थालाई खोजिदिन बालकका आफन्तले आग्रह गरेका थिए ।
उक्त गृहका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाका अनुसार बिशेष सूचनाको आधारमा सिडब्लुसी बस्ती भारतको बेवारको सहयोगमा उनलाई उद्धार गरिएको हो ।
भारतमास्थित नेपाली दुतावास र हेल्प क्रस तुरुस्त देहरादुनको सहयोग र बाल गृह भारतको समन्वयमा शान्ति पूनर स्र्थापना गृह कपिलवस्तुले प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको गृहका संयोजक बसन्ती जिसीले जानकारी दिनु भयो ।
बालक भारत कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीनबहादुर घलेले बताउनु भयाे ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…