भारतबाट उद्धार गरिएकी बालिकालाई परिवारको जिम्मा
१५ वर्षीया बालिकालाई नेपाल प्रहरीले भारतबाट उद्धार गरेर साउन ३१ परिवारको जिम्मा लगाएको छ । उमेर र नामथर नखुलेका भारतीय युवकले पीडित बालिकालाई भारतको बैंगलोर पुर्याएपछि उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।
भारतीय नागरिकसँग बैंगलोर पुगेकी ति बालिकालाई असहज अवस्थामा बसेको भेट्टाएपछि इन्डिया फाउन्डेसन दिल्लीले ती बालिकाको संरक्षण गरेर राखेको थियो ।
तीन महिना सोही संस्थामा बसेपछि चितवन प्रहरी र नेपाली राजदूतावासबिचको समन्वयमा चितवन आइपुगेको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर नीलम तामाङले बताउनु भयो ।
वीरगन्ज नाकाबाट भारत प्रवेश गरेको खुलेपछि खोजतलास गर्दै जाने क्रममा न्यू दिल्ली रेल्वे स्टेसनबाट उद्धार गरेर फाउन्डेसनले आश्रय दिएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…