भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न माग

  ०७९ फागुन २७ गते

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गरेर मात्र खान योग्य तरकारी तथा फलफुल नेपाली उपभोक्तामा पुग्ने व्यवस्था गर्न सम्बन्धीत सरोकारवाला निकायसँग इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले फागुन २६ गते प्रेस विज्ञप्ती मार्फत माग गरेका छन् ।

नेपाली तरकारीले बजार नपाएको गुनासो कृषकबाट आइरहेको बेला नेपालगञ्जमा भारतीय तरकारीको निर्वाधरुपमा आयात भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन् ।

विषादीको जथाभावी प्रयोगबाट उत्पादन भएको तरकारी तथा फलफुल खान उपभोक्ता बाध्य भइरहेकाले उपभोक्ताको गुस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने अधिकार उपभोगमा समेत असर परेको  विज्ञप्तीमा उल्लेख छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य, बसन्त गौतम, मञ्चकै प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी इन्सेककी कार्यक्रम अधिकृत सरस्वती मल्ल कार्यक्रम अधिकृत, इन्सेक प्रतिनिधि लक्ष्मी थारू, मानव अधिकार एलाइन्सका डिल्ली प्रसाद जैसी न्यौपानेद्वारा संयुक्तरुपमा हस्ताक्षरीत विज्ञप्तीमा भारतबाट आयातीत तरकारी तथा फलफुलको गुणस्तरको सुनिश्चितता गरे पश्चात मात्र उपभोक्ता माझ पुग्नुपर्नेमा विषादी परीक्षण नगरी नेपाली बजारमा बिक्री वितरण भइरहेकोले परीक्षण गरेर खान योग्य बस्तु मात्र नेपाली बजारमा बिक्री बितरणको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ भनिएको छ ।


लक्ष्मी थारू