भारतको दिल्लीबाट नौ जना बालकको उद्धार
भारतको दिल्लीबाट नौ जना बालकलाई उद्धार गरी असार २२ गते नेपालगञ्ज ल्याइएको माइती नेपालले जनाएको छ ।
केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र माइती नेपालले दिल्लीस्थित सलाम बालक ट्रष्टको सहयोगमा ती बालकलाई उद्धार गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।
उद्धार गरिएका बालकहरूमा कञ्चनपुरका तीन जना, दाङका दुई जना, नवलपरासी र सिराहाका एक/एक जना रहेका छन् भने दुई जनाको ठेगाना खुलेको छैन । उद्धार गरिएका बालकहरूलाई माइती नेपाल नेपालगञ्जमा राखिएको र अभिभावकलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।
उद्धार गरिएका बालकहरू कोही घरबाट भागेका र कोही परिवारसँग बिछोडिएर अलपत्र भएका पाइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । उद्धार गरिएका बालकहरू १६ वर्षमुनिका रहेका छन् ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…