भाउजु हत्याका आरोपित हतियारसहित गिरफ्तार
घोराही उमनपा-१७ की २८ वर्षीया पूर्णा थापालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय देवर विक्रम थापालाई चैत १८ गते हतियारसहित गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष टोलीले लुकीछिपी बसेको अवस्थामा ओखराबाट एकथान स्वचालित पेस्तोल र त्यसको चार खोका गोलीसहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
थापाले घरायसी विवादमा गत मङ्सिर १९ गते पूर्णाकै घरमा गएर छातिमा एक राउण्ड गोली हानेर फरार भएको आरोप छ ।
घाइते पूर्णाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । यसअघि प्रहरीले घटनामा प्रयोग गरिएको रा २ प १२७८ नम्वरको मोटरसाइकल र विक्रमका सहयोगी घोराही उमनपा-१८ का २५ वर्षीय दिपक गिरीलाई गिरफ्तार गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइसकेको छ ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…