भाइरल ज्वरोको प्रकोपका कारण दुई जनाको मृत्यु, उपचार पाउन नसकेको स्थानीयको आरोप
खप्तड छेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरोका कारण गाउँनै प्रभावित बनेको छ । भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले बताउनु भयो । भाइरल ज्वरोका कारण माँटेसागुका ४९ वर्षीया सौरादेबी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको असोज ७ गते राति मृत्यु भएको स्थानीय दिर्धबहादुर शाहीले बताउनु भयो ।
गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । भाइरल ज्वरोले पुरै गाउँनै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताउनु भयो । कुनै घरका सबै सदस्य बिरामी परेका छन् । एक / दुई जना त सबै घरमा बिरामी परेको, भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको भए पनि उपचारका लागि पहल गर्दा कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीय शाहीको आरोप छ ।
१ सय ३ डिग्रिमाथि ज्वरो आउने गरेको, खोकी लाग्ने, स्वास फुल्ने जस्ता लक्षण देखापरेको स्थानीयले बताउनु भएको छ । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय, बाजुराका निमित्त प्रमुख महेश चन्दले बताउनु भयो । खप्तड छेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि सहितको टोली पठाउन लागेको उहाँले बताउनु भयो ।
भाइल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबै भन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्यचौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । घरका सबै बिरामी परेका छन् । बोकेर लिने कोही छैनन् । वर्षातका कारण् सडक बन्द भएपछि घरमै बिरामी परेर थला परेको स्थानीय गणेश शाहीले बताउनु भयो । वडा तथा गाउँपालिकामा पटकपटक जानकारी गर्दा पनि अहिलेसम्म स्वास्थ्यकर्मी नपुगेको उहाँले बताउनु भयो । कसैको घरमा पानी समेत दिने स्वास्थ्य मान्छे नभएको शाहीको भनाइ छ ।
खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइसकेको बताउनु भयो । ल्याब सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाइएको र रोगको पहिचान गरेर नियन्त्रणमा नआएको प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि समन्वय गरिने अध्यक्ष रावतको भनाइ छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…