भाइरल ज्वरो फैलियो,स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या
सोरु गाउँपालिका—४ माथिलिब्रु गाउँमा डेढ सातादेखि भाइरल ज्वरो फैलिएको छ । सोही गाउँका ४९ वर्षीय धनसिह नेपालीले भन्नु भयो ‘एक सातादेखि ज्वरोले बिरामी भएको छु । कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाटी दुख्ने, बान्ता हुने गरेको छ ।’
उहाँले भन्नुभयो ‘गाउँका स्वास्थ्यचौकीमा औषधि नभएपछि घरेलु उपचारको भरमा उपचार गरिरहेको छु । चाहिएको बेला न गाउँमा स्वास्थ्यकर्मी हुन्छन् न औषधि नै ।’
ज्वरो आउने, टाउको दुख्ने र घाँटी दुख्नेलगायत समस्याबाट घरमै सुतेको एक साता बित्यो । पहिलोचोटी ज्वरोले ओछ्यानमा ढलायो । खानामा पटक्कै रुची छैन, ओछ्यानबाट उठ्न गाह्रो भएको सोही ठाँउकी ४७ वर्षीया बिर्सना शाहीले बताउनुभयो ।
अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण रावलबाडा, माथिलिब्रु, तलिलिब्रु, भादगाउँ, खातीकुयानी, फोतु, गिलिबिलिलगायत गाउँमा घरघरै बिरामी परेका छन् । गाउँमा बालकदेखि ज्येष्ठ नागरिक सम्मलाई ज्वरोले सताएको स्थानीय रनवीर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयोे ‘बिरामी नभएका घरै छैनन् । एउटै घरमा तीन जनासम्म बिरामी परेका छन् । तर गाउँको स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या छ ।’
घरैपिच्छे बिरामी बढेपछि बिरामीको चाप ह्वात्तै बढेकोले जिवनजल, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको फोतु स्वास्थ्यचौकीकी अनमी डकार्मा बोगटीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा औषधि नभएपछि अधिकांश बिरामीलाई चेकजाँच गरेर हुम्लाको तुम्च र बालुकुनामा रहेका निजी मेडिकलबाट औषधि ल्याउनुपर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो ‘अब त सिटामोलको पनि अभाव भयो । बिरामीलाई औषधि ल्याउन कर्णालीपारिको हुम्लाका मेडिकलमा पठाउनुपर्ने बाध्यता छ ।’
गुरुबर्मास्थित कालिका माध्यमिक विद्यालय र आधारभूत विद्यालय सर्किदेउका अधिकांश विद्यार्थीमा पनि ज्वरो र रुघाखोकी देखिएको अनमी बोगटीले जानकारी दिनुभयो ।
विद्यार्थीहरु धमाधम बिरामी भएपछि पठनपाठन प्रभावित हुन थालेको कालिका माविका प्रधानाध्यापक अंगबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार झण्ढै अढाई सय विद्यार्थीमध्ये झण्डै ५० जनामा ज्वरो देखिएको छ । कक्षाकोठामा पढ्दापढ्दै विद्यार्थीलाई ज्वरो आउन थालेपछि घर पठाउने गरिरहेको बताउनुभयो ।
गाउँगाउँमा ज्वरोका बिरामी बढेपछि सोरु गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरघरमा उपचारका लागि खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि झण्डै आधा दर्जन स्वास्थ्यकर्मी गाउँमा खटिएका छन् । स्वास्थ्यकर्मी औषधि उपकरणसहित माथिलिब्रु, तलिलिब्रु, रावलबाडालगायत गाउँमा पुगेका छन् । अहिले बिरामीहरुको नमुना संकलन गरिरहेका छन् । डेढ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको र औषधि दिइएको सोरु गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रित्र धामीले बताउनु भयो ।
बिरामीको नमुना संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । अहिले मौसमी ज्वरो र रुघाखोकीको लक्षणजस्तो देखिएको उहाँले बताउनु भयो। उहाँका अनुसार ‘गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीसँग स्थानीयले औषधि माग्न हानथाप गर्ने गरेका छन् । सबैतिर बिरामी बढेपछि स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएकाे छ ।’
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…