भाइरल ज्वरोे फैलियो : बिरामीको उपचारमा समस्या
नलगाड नगरपालिका – ४ बाउसेखोला टाेलमा एक साता देखि भाइरल ज्वरो फैलिएको छ । स्थानीय ६४ वर्षीय जय बहादुर खड्काले भन्नु भयो ‘एक साता देखि ज्वरोले बिरामी भएको छु । ज्वरो आउने, बान्ता हुने, रुघा खोकी ,टाउको दुख्ने र रिगाटा लाग्ने गरेको छ । ’
यसै गरी सोही ठाँउका महेन्द्र रावलका अनुसार घरका परिवारमा सबै जनामा भाइरल ज्वरोले बिरामी परेको र अहिले स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे बताउनुभयो ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न जाँदा औषधिको अभावले खाली हात फर्किन परेको छ । बिरामीहरुले पाँच हजार सम्मको महङ्गो मूल्यमा नलगाड नपा–३ कैनामा गएर निजी मेडिकलमा उपचार गराउन बाध्य भएको स्थानीय दलबहादुर खत्रीले बताउनुभयो ।
अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकी लगायतका कारण बाउसेखोला, दारफाका, भातचिउरा, खालचौर, ओवा, भेरीखर्क, औलसिमा, पाटा, कोठीगाउँ लगायत स्थानमा घरघरै बिरामी परेका छन् । गाउँमा बालकदेखि ज्येष्ठ नागरिकसम्मलाई ज्वरोले सताएको स्थानीय स्वास्थ्य चौकी लहँका प्रमुख भुपेन्द्रराज गिरीले जानकारी दिनुभयो।
स्वास्थ्य चौकीमा दैनिक १ सय जना बिरामी उपचारका लागि आउने गरेका छन । जनशक्ति र स्रोत साधन नभएको कारण बिरामीको चाप धेरै भए पछि मेट्रो ,सिटामोल एनटिभाईटिक ईन्जेक्सन ,डिकोल्ड ,जिवनजल लगायतका औषधिको अभावका कारण बिरामीको उपचार गर्न समस्या भइरहेको लहँका प्रमुख गिरीले बताउनुभयो।
अशक्त र धेरै बिरामी भएका ५० भन्दा बढी बिरामीहरुको घरघरमै गएर उपचार गरिरहेको र जिल्ला स्वास्थ्य कार्यालय बाट स्वास्थ्यकर्मी , औषधि र अन्य उपकरण सहयोगको लागि माग गरेको उहाँको भनाइ छ ।
भाइफल ज्वरो फैलिएपछि केही दिन औषधि भएपनि अहिले समस्याको समाधान भइसकेको नलगाड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रचण्ड कार्कीले जानकारी दिनुभयो।
मनाेज केसी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…