भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधिको अभाव

सोरु गाउँपालिका–६ पुरुमुरु गाँउमा एक साता यता सिजनल भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।  सोही गाँउका ७२ वर्षीय हरि बहादुर शाही, ७५ वर्षीया कृती छत्याल र २४ वर्षीय कुशुम दमाईको मृत्यु भएको स्थानीय लोकेश कुमार विश्कर्माले बताउनु भयो ।

सिजनल भाइरल ज्वरो सँग सँगै स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । पुरुमुरु,जिमा ,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगाएतका दर्जन बढि बस्तीका घरघरमा ज्वरो,रुघाखोकी लाग्ने,श्वास फेर्न गार्हो हुने ,टाउको दुख्र्ने र नाक मुख सुख्खा हुने जस्ता लक्षण देखिने गरेको सोरु गाँउपालिका का  स्वास्थ्य संयोजक चरित्र धामीले जानकारी दिनुभयो । बिरामीहरुले सिटामोल समेत नपाउदा थप बिरामीहरुको सङ्ख्या बढदै गएको उहाँले बताउनुभयो

नजिकको स्थानीय सरकार र अन्य कुनै पनि स्वास्थ्य निकायमा नत औषधि छ नत कुनै पनि सहयोग नगरेको बिरामी स्थानीय सल बहादुर ढोलीले बताउनु भयो ।

गाँउभरी बिरामी छन् । स्थानीय तहबाट कुनै पनि निकायबाट औषधि नहुँदा निकै समस्या भएको छ । बिरामीलाई स्वास्थ्य सस्थामा लैजाने समस्या छ । ३ घण्टा बाटो टाढा छ । एक जनालाई सात देखि आठ  सय रुपियाँ सम्म गाडी भाडा लाग्ने गरेको रुथानीय मिन बहादुर शाहीले गुनासो गर्नु भयो ।

गाँउ बस्तीमा बिरामी धेरै छन । स्वास्थ्य सस्थामा सामान्य सिटामोल पाइदैन । नीजि मेडिकलबाट औषधी किनेर उपचार गराउन पर्नै बाध्यता रहेको सोरु गाँउपालिका–६ जिमा गाँउका कर्ण जित बुमीले बताउनुभयो ।

सोरु गाँउ पालिकाका स्वास्थ्य संयोजक धामीका अनुसार भाइरल ज्वरो रोकथामका लागि सम्बन्धित सरोकारवालाबीच आपतकालीन बैठक बसिरहेको छ ।  छिट्टै थप उपचार र औषधि व्यवस्थापन गर्ने बताउनुभयो ।


सर्जन कुमार शाही