भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा
पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् ।
०६८ असार १६ गते सम्झौता भई ०७० वैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम तीन पटक म्याद थपिँदासम्म अहिलेसम्म ७० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । उक्त भवन निर्माणको ठेक्का विरुवा सुन्दरी गोरखा जेभीले लिएको छ । भवन डिभिजन कार्यालयका इञ्जिनियर हरिभक्त श्रेष्ठले निर्माण व्यवसायीको ढिलाइको कारण समयमा काम सम्पन्न हुन नसकेको जानकारी दिए ।
बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । ०७२ साल वैशाखको भूकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरी बन्दीहरूलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरू समेत निकै जीर्ण भएकोले दलिनमा टेको लगाएर राखिएको छ ।
'ग' श्रेणीको पाल्पा कारागारको क्षमता ३ सय जना रहेको छ । अहिले कैद तोकिएका कैदी पुरुष २ सय ८ जना र महिला ५३ जना रहेका छन् । त्यस्तै कैद नतोकिएका बन्दी पुरुष १२ जना र महिला ११ जना रहेका छन् । कारागारमा दुई जना बालक र एक जना बालिका आश्रति रहेका छन् ।
महिला बन्दी गृहको नयाँ भवन बनेपछि महिलातर्फ कुनै समस्या नरहेको र पुरुषतर्फ क्षमता भन्दा बढी बन्दी जीर्ण भवनमा राख्नुपर्दा समस्या भएको कारागारकी जेलर सुजाता कार्कीले बताइन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…