भवन नहुँदा टिनको छानामुनी पठनपाठन गर्दै जाजरकोटका बालबालिका

  ०८१ पुस ५ गते

भूकम्पले विद्यालयका भवन भत्किएपछि जाजरकोटका बालबालिका टिनको छानामुनी पठनपाठन गर्दै आएको छन् । भूकम्पबाट भवन क्षतिग्रस्त भइ बस्न नमिल्ने भएपछि गाउँबस्तीका विद्यालयमा सरकार र दातृनियकाले निर्माण गरेका सिकाइ केन्द्रमा पठपाठन भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य चौकी तथा विद्यालयका भवन निर्माण गर्न २५ करोड बजेट विनियोजन गरे पनि काम हुन सकेको छैन । विद्यालयमा भवन क्षतिग्रस्त भएर बस्न नमिल्ने भएपछि बालबालिकाको बिचल्ली भएको छ । शिक्षाले समाज रुपान्तरण गरी सभ्य बनाउन प्रेरणा दिने थलो विद्यालयको आर्थिक भौतिक रूपमा सम्पन्न गर्न सरोकारवाला निकायले चासो नदिएपछि शिक्षाको गुणस्तर कमजोर बन्दै गएको छ । करिव ५ सय भन्दा बढी विद्यालय क्षतिग्रस्त भए पनि जोखिममा रहेका ४ सय १ ओटा विद्यालयमा सरकार दातृनिकायले टिनको छाना बाँसले निर्माण गरेका अस्थायी सिकाइ केन्द्रमा पठनपाठन हुने गरेको छ ।

सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीकले भूकम्पबाट विद्यालयका भनव क्षतिग्रस्त भइ बस्न नमिल्ने भएपछि अस्थायी सिकाइ केन्द्र निर्माण गरी बालबालिकाको पढाइ प्रभावित हुन नदिन निर्माण गरेका सिकाइ केन्द्रमा पठनपाठन भइरहेको बताउनु भयो ।

भूकम्प गएको एक वर्ष बित्दा समेत विद्यालयका भवन नबन्दा सोही केन्द्र प्रयोग भएका छन् । भूकम्प गएको एक वर्ष बिते पनि भवन निर्माणका लागि सरोकारवाला निकाय तीन ओटै सरकारका जनप्रतिनिधिले चासो नदिएपछि गर्मी, वर्षायाम, चिसो समयमा ज्ञान आर्जन गर्ने स्थानमा दुख पाउने गरेका छन् । सरकारले कक्षा १ देखि ५ कक्षासम्मका लागि दिएको दिवाखाजा पकाउने कोठा समेत नहुँदा खुल्ला चौरमा पकाउने गरेका छन् । सभ्य, समाज रुपान्तरण, सामाजिक कुरिति, अन्धविश्वासलाई पन्छाउने शिक्षा भएकाले शिक्षा क्षेत्रले प्राथमिकता नपाउँदा गुणस्तरीय शिक्षा चुनौति पूर्ण बनेको छ । आर्थिक, भौतिक, प्रशासकीय व्यवस्थापन बलियो बनाउन सरोकारवाला निकाय स्थानीय सरकारबाट पहल नहुँदा ग्रामीण बस्तीका बालबालिका गुणस्तरीय शिक्षा आर्जनबाट वञ्चित भएका छन् ।

कार्यालय प्रमुख खत्रीका अनुसार सात ओटा स्थानीय तहमा ४ सय १ ओटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् । उहाँले भूकम्प गएको एक वर्ष बिते पनि सोही सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको बताउनु भयो । उहाँले भेरी नगरपालिकाम ३४ ओटा, छेडागाड नगरपालिकामा ४५ ओटा, नलगाड नगरपालिकाम ६२ ओटा, बारेकोट गाउँपालिकाम १ सय ५ ओटा, कुशे गाउँपालिकामा ९७ ओटा, जुनीचाँदे गाउँपालिकामा १६ ओटा, शिवालय गाउँपालिकामा ४२ ओटा अस्थायी सिकाइ केन्द्र निर्माण गरेको बताउनु भयो । हालसम्म सोही सिकाइ केन्द्रमा पठनपाठन भइरहेको छ ।

सरकारले बालबालिकाले पाउने गुणस्तरीय शिक्षालाई मध्यनजर नगर्दा भौतिक शैक्षिक व्यवस्थापकीय पक्षलाई ध्यान नदिँदा भौगोलिक विकटता दुर्गमका बालबालिका गुणस्तर शिक्षाबाट वञ्चित हुनुपरेको छ । नलगाड नगरपालिका–८ का स्थानीय गोविन्दबहादुर शाहीले सरकारले शिक्षाको गुणस्तर बढाउन आर्थिक, भौतिक र शैक्षिक सामाग्रीको जोहो नगर्दा बालबालिका भुइँ तथा खुल्लाचौरम बसेर शिक्षा आर्जन गरेको बताउनु भयो । विद्यालय भवन निर्माण गरी बालबालिकाको शिक्षामा गुणस्तर ल्याउन स्थानीय बासीले आग्रह गरेका छन् ।


बासुदेव शर्मा