भवन जीर्ण भएपछि तीन महिनादेखि विद्यालय बन्द
सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२ जना बालविकासमा भर्ना भएका बालबालिकाहरूको पठनपाठनबाट बञ्चित भएको शिक्षक पार्वती मल्लले बताउनु भयो
विद्यालय भवन जीर्ण भएपछि कक्षा कोठाको समस्या सँगै पानी र शौचालय समेत व्यवस्था नभएकाले बालबालिकाहरु पनि विद्यालय आउन छोडेको उहाँको भनाइ छ ।
विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको विद्यालयमा जीर्ण भवन मर्मत र जग्गाको विषयमा समेत स्थानीयबिच विवाद हुँदा विद्यायल सञ्चालन नभएपछि बालबालिकाहरुले पढ्नबाट बञ्चित भएको स्थानीय नवराज शाहीले बताउनु भयो ।
‘बालविकास भवन रहेको जग्गा धनी प्रेम शाहीले सो जग्गा निशुल्क रुपमा विद्यालयका लागि चन्दा दान भएको भनेर आश्वासन दिए पनि हाल जग्गाको मुल्य तिर्नु पर्ने दावी गरेपछि विवाद भएको उहाँले बताउनु भयो ।
सो विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शाहीलाई बुझ्दा उहाँले भन्नु भयो ‘आफ्नो निजि जग्गा भएकोले पहिले आफ्नो जग्गाको रकम दिनु पर्नेे प्रतिक्रिया दिनु भयो ।’
इन्सेक कर्णाली प्रदेश कार्यालय, सर्खेत
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…