भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या
चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।
‘विद्यालयमा झ्याल ढोका छैन । जसका कारण हाम्रा बालबालिकाहरू शीतलहरमा काम्दै पढ्न बाध्य छन् भने चैतवैशाख महिनाको हावाहुरीमा कोठाभित्रै सम्म फोहोर पुग्ने हुँदा समस्यामा छन् ।’–अभिभावकहरूको गुनासो छ ।
विद्यालयमा रहेको छानामा खिया लागेर प्वाल भएकाले पानी चुहिएर वर्षायाममा बालबालिकाहरू भिज्दै पढ्नु पर्ने बाध्यता रहेको पनि उनीहरूको गुनासो छ ।
लगातार वर्षा भइरहँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँछ । मौसम अनुसारको समस्याले गर्दा बालबालिकाहरू विभिन्न फोहोरको कारणबाट विरामी हुने गरेका छन् ।
चिसोबाट निमोनिय लगायतको समस्याले १० जना विद्यार्थीले पढाइ छाडी घरमा नै बस्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक सोनालाल यादवका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा २ सय २५ जना भर्ना भएका बालबालिकामध्ये १ सय ७० जना नियमित विद्यालय आउने गरेका छन् भने ५५ जना कहिलेकँही आउने गर्दछन् र बाँकी १० जनाले पढाइ छाडेका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ मा भवन निर्माणको मागसहित नगरपालिकासमक्ष योजना पेश गरिएकामा योजना पास भएपनि कोभिड १९ को सङ्क्रमणले सिर्जना गरेको वातावरणका कारण सो योजना कार्यान्वयन गर्न नसकी अन्यत्र रकमान्तर गरी खर्च भएको वडा अध्यक्ष पासवत चौधरीले बताउनु भएको प्रधानाध्यापक यादवले बताउनु भयो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा चन्द्रपुर नपा–८ की सदस्य उर्मिलादेवी पासवानले वडा तथा नगरपालिकामा यस विषयमा पटकपटक जानकारी गराएको बताउनु भयो ।
चन्द्रपुर नपा–८ का वडा अध्यक्ष पासवत चौधरीले गत वर्षकै योजना अनुसार विद्यालय व्यवस्थापनको लागि ९ लाख रुपियाँ बजेट राखिएको र अब छिट्टै कार्य सुचारु हुने बताउनु भयो ।
२५ वर्षीय स्थानीय देवानन्द पासवानका अनुसार उक्त विद्यालय पहिला देखि नै प्राथमिकतामा नपरेकाले यो अवस्था आएको हो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…