भवन अभावले खुल्ला चौरमा बालबालिका पढ्न बाध्य
खत्याड गाउँपालिका–९ नर्खजी गाउँस्थित पञ्चदोय माध्यमिक विद्यालयका दुई ओटा भवन गत असोज १९ देखि २४ गतेसम्म परेको वर्षातले क्षति पुर्याएपछि कक्षा कोठाको अभावमा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् ।
उक्त भवनमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको पढाइ हुने गरेको थियो । क्षति भएका भवन हालसम्म निर्माण हुन नसक्दा ती भवनका कक्षा कोठामा अध्ययन गर्ने बालबालिकाहरू कक्षा कोठाको अभावले खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।
यो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ४ सय ५० जना विद्यार्थी अध्यनरत छन । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उनीहरूकै कक्षा कोठामा पढाउँदै आएको छ । भवन निमार्णका विषयमा विभिन्न निकायमा पहल गर्दासमेत कसैबाट सहयोग हुन सकेको छैन । वर्षातले क्षति पुर्याएपछि दुवै भवन प्रयोगमा ल्याउने अवस्था छैन । ६ देखि १० सम्मका विद्यार्थीलाई अरु कक्षा कोठामा राख्ने अवस्था पनि छैन । कक्षा ६ देखि ९ कक्षामा विद्यार्थीको सङ्ख्या बढी छ ।
विद्यार्थीहरूलाई कक्षा कोठामा राख्ने अन्य भवन नभएपछि खुल्ला चौरमा पढाउनु परेको विद्यालयका निमित्त प्रद्यानाध्यापक बसन्तराज कडेलले जानकारी दिनुभयो ।
उक्त विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रा रुपक शाहीका अनुसार वर्षातले आफू अध्ययन गर्ने कक्षा कोठा क्षति भएपछि कक्षा कोठामा बसेर पढ्न पाइएको छैन । हिउँदका समय होस या गर्मी दुवै माैसममा खुल्ला चौरमा सरहरूले पढाउने गरेको बताउनुभयो ।
सोही विद्यालयको कक्षा–८ मा अध्ययनरत छात्रा प्रतिमा शाही पनि कक्षा कोठामा नपढेको आठ महिना भएको बताउनु हुन्छ । कक्षा कोठा नहुँदा पानी र हावा हुरी चल्दा पढाइ छोडेर घर जानुपर्छ । कहिले त प्रावि कक्षाका भाइबहिनीको कक्षामा बसेर पढ्नु पर्छ, पानी नपरेका बेला र हावाहुरी नचेलका बेला चर्को घाममा खुल्ला चौरमा पढ्ने गरेको छात्रा शाहीले बताउनु भयो ।
वर्षातले विद्यार्थी पढ्ने भवन क्षति पुर्याएपछि अहिलेसम्म आफना बाबुनानी खुल्ला चौरमा शिक्षकहरूले जसोतसो पढाउदै आउनु भएको छ । अब वर्षात सुरु पनि होला भवन अभावकै कारण बाबुनानीको पढाइमा बाधा पर्ने चिन्ता सबै बालबालिकाका अभिभावकलाई छ । बाजुरा र हुम्ला केन्द्र बिन्दु भएर चार/पाँच पटक भुकम्प आइसक्यो । पुनः ठुलो भुकम्प आइहाले जीर्ण भवन भत्किएर मानवीय क्षति पुर्याउने चिन्ता लागेको छ । भवन निमार्ण गरिदिनका लागि वडा र गाँउपालिका कार्यालय दुवैलाई अनुरोध गरेकाे अभिभावक भक्तबहादुर कार्कीले बताउनुभयो ।
भवन निमार्ण गरिदिनका लागि आवश्यक कागजपत्र लिएर काठमाडाैँ दुई तीन पटक पुगिसकिएको छ । ०७९ माघ १७ गते तत्कालीन सङ्घीय शिक्षा मन्त्री शिशिर खनाल, शिक्षा मन्त्रालयका सचिबसँग भेट गरी भवन निमार्णका लागि सहयोग गरिदिन आग्रह गर्दा दुबै जनाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निमार्णका लागि पहल गर्ने आश्वासन दिनु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर शाहीले जानकारी दिनुभयो ।
भवन पुराना भएकाले पनि वर्षातले क्षति पुर्याएकाे हो । भवनकै कारणले विद्यार्थीको पठनपाठनमा बाधा पुग्नु भएन र क्षति बनाएका भवनका लागि गाउँपालिकाले आउँदो आर्थिक वर्षमा निमार्णका पहल गर्ने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…