भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर
क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् ।
हिँड्न नसक्ने भएकाले उनी शौचालयमा समेत जान सक्तैनन् । आफ्नो कोठामा सुत्ने बन्दी साथीलाई अनुनय विनय गरेर मात्रै शौचालय जाने गरेको उनले बताए । लागु औषधको कारोवारमा जेल परेका हेटौँडा हटियाका खड्का तीन महिनादेखि भीमफेदी कारागारमा छन् ।
अर्का बन्दी अर्मान अन्सारी पनि अपाङ्गता भएका छन् । साथीहरूको सहयोगमा उनी पनि शौचालय जाने आउने गर्छन् । अर्का असक्त छन् वीरबहादुर थोकर, उनी पनि जेलमा यताउती घुमफिर गर्न सक्ने अवस्थामा छैनन् । अरुकै साहारामा हिँड्डुल गर्ने गरेको उनले बताए ।
क्षेत्रीय कारागार भीमफेदीको भवन र शौचालयहरू अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दीहरूलाई कोठा भित्र बाहिर गर्न र शौचालय जान पनि कठिनाइ छ । 'जेलको भवन र शौचालय अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दीहरूलाई जेल जीवन अन्य बन्दीहरूको भन्दा थप कष्टकर बन्न पुगेको छ ।'-जेलर चिरञ्जिवी थापाले भने-'जेल पनि अपाङ्गमैत्री बनाउनु पर्छ । अहिले भीमफेदीमा बनेको अर्को भवन पनि अपाङ्गमैत्री छैन ।'
भीमफेदी कारगारको भवन एवम् प्रवेशद्वार नै अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाहरूलाई मुलगेटबाट बोकेर जेल भित्रको कोठामा पुर्याएर राखिन्छ । जेलर थापाका अनुसार भीमफेदी कारागारमा १२ जना बन्दीहरु अपाङ्गता भएका छन् ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा जेल परेपछि उनीहरू अरुकै भरमा शौचालय जाने र यताउता गर्ने गरेका छन् । 'कम्तीमा पनि बन्दीहरू बस्ने भवनको तल्लो भाग र शौचालय अपाङ्गमैत्री भएमा अपाङ्गता भएकाहरूलाई जेल जीवन अलि सहज हुने थियो ।'-जेलका चौकिदार सञ्जोग जोशीले भने-'मुलुकमा राजनीतिक रूपमा धेरै किसिमका परिवर्तन आएपनि प्राविधिकहरूको दिमागलाई परिवर्तनले छुन सकेको छैन ।'
प्रताप विष्ट
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…