भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको थियो ।
घटनामा परी अन्य दुईजना घाइते ३२ वर्षीय बिर्खबहादुर खड्का र ३३ वर्षीय चक्रबहादुर खड्काको विरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घटनाका आरोपित पाँच जना जुनिचाँदे गाउँपालिका–९ धडगाँउका २० वर्षीय जनक बस्नेत, २० वर्षीय रविन बस्नेत, ३२ वर्षीय शिव बस्नेत, २८ वर्षीय प्रेमबहादुर बस्नेत र २६ वर्षीय नरेन्द्रबहादुर बस्नेत लाई जेठ ६ गते इलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा गिरफ्तारीमा परेका पाँच जनासँग अहिले घटनाका बारेमा अनुसनधान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष निरोलाले जानकारी दिनु भयो ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…