भरूवा बन्दुक खेलाउँदा बालकको मृत्यु

  ०७८ कात्तिक ९ गते

भरूवा बन्दुक खेलाउँदा खत्याड गाँउपालिका—१० डुमानाका एक बालकको मृत्यु भएको छ ।

खत्याड गाँउपालिका—१० डुमानका परे रावलको घर भित्र भरेर राखेको भरूवा बन्दुक खेलाउँदा सोही ठाउँका १० वर्षीय बिकास रावलको कात्तिक ५ गते गते घटनास्थलमै मृत्यु भएको हो ।

बारीमा रोपेको आलु, मकै दुम्सिले खान थालेपछि दुम्सि मार्नको लागि तयारी अवस्थामा राखेको बन्दुक बिकाससँगै सोही ठाउँका ८ वर्षीय र ११ वर्षीय बालकले खेलाउँदा बिकासको ज्यान गएको खत्याड गाउँपालिका—१० का अध्यक्ष तिलक रावलले जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयले सुकाढिक प्रहरी चौकीलाई जानकारी गराएका थिए । सुकाढिक र इलाका प्रहरी चौकी रातापानीबाट घटनास्थल पुगेको प्रहरी टोलीले शवको पोष्ट मार्टम कात्तिक ७ गते प्राथामिक स्वास्थ्य केन्द्र रातापानीमा गरेर शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो ।

अवैध रूपमा बन्दुक राखेको आरोपमा ५२ वर्षीय परे रावललाई बन्दुकसहित गिरफ्तार गरी हात हतियार खरखजना सम्बन्धी मुद्दा दर्ता गरेको डिएसपी भट्टराईले बताउनुभयो ।

साथै घट्नामा संलग्न अन्य दुईजना बालकलाई सोधपुछको लागि अविभावकसहित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।


जीवन सेजुवाल