भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो
भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि सुनुवाइ नगरी साउन २ गतेलाई अर्को सुनुवाइ मिति तोकिएको छ ।
न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषेत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको भएपनि हेर्न नभ्याउने भएपछि पेशी सारिएको अदालतले जनाएको छ ।
भरतपुर प्रकरणमा पेशी सरेको यो तेस्रो पटक हो । पहिलो चरण अन्तर्गत वैशाख ३१ मा सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको समयमा जेठ १४ गते मतपत्र च्यातिएको थियो ।
मतपत्र च्यातिएपछि विभिन्न चरणमा अध्ययन गरेको निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णय विरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…