भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप अभावः खरिद गर्न स्थानीय बाध्य

  ०८१ वैशाख ८ गते

भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप अभाव भएका कारण औषधि पसलबाट खोप खरिद गरेर लगाउन स्थानीयवासी बाध्य छन् ।

चितवनको भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप २२ जिल्लाका बिरामीहरूले अस्पतालमा । सरकारी अस्पतालमा खोप सकिएपसिेवा लिने गरेका छन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा करिब दस दिनयता रेबिजविरूद्धको खोप अभाव भएको हो ।

‘अस्पतालमा खोप सकिएपछि बिरामी आफैले बाहिरबाट ल्याएर लगाइदिने गरेका छौँ ।’,उहाँले भन्नुभयो, ‘हामीसँग खोप नहुँदा जीवजन्तुले टोकेर उपचारकालागि आउनेहरू प्रभावित भएका छन् ।’

पौडेलका अनुसार भरतपुर अस्पतालमा कम्तीमा ६० जनाले दैनिक रेबिजविरूद्धको नयाँ खोप लगाउँदै आएका छन् ।

सरकारी अस्पतालमा ३ सय रूपियाँ शुल्कमा रेबिजविरूद्धको खोप लगाउन पाए पनि औषधि पसलबाट ल्याउनु परे कम्तीमा एक पटककालागि ६ सय रूपियाँ भन्दा बढी खर्च गर्नु परेको पौडेलले बताउनु भयो । निजी मेडिकलहरूमा कम्पनी अनुसार ६ सयदेखि ८ सय रूपियाँसम्म खर्च गर्न स्थानीय बाध्य भएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुका निर्देशक डा. युवानिधि बसौलाका अनुसार जीवजनावरले टोकेको अवस्थामा मानिसको ज्यानै जान सक्ने खतरा रहेको हुँदा रेबिजविरूद्धको खोप अनिवार्य तथा अत्यावश्यकीय खोप हो ।


दिपेन्द्र अधिकारी