भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ ।

उपेन्द्रराज सापकोटा र श्यामप्रसाद लामिछानेले उच्च अदालतमा पुनः मतगणनाको माग राख्दै वडा अध्यक्षमा विजयी वडा नं ४ का हरि आचार्य र वडा नं ७ का राजेन्द्रमणी काफ्लेविरुद्ध निवेदन दिएका थिए । अदालतमा निवेदन परेपछि उनीहरूको सपथ भएको थिएन । उनीहरूबिच १३ र ७ भोटको मात्र अन्तर रहेको थियो ।

कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट वडा अध्यक्षमा १४ जना, नेपाली काङ्ग्रेसका तर्फबाट १२ जना र माओवादी केन्द्रका तर्फबाट ३ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

अदालतमा मुद्दा परेपछि रोकिएको समन्वय समितिको निर्वाचन गर्न अदालतको निर्णयसँग बाटो खुलेको छ । सात ओटा स्थानीय तहमा एमालेका नौ जना प्रमुख तथा उपप्रमुख रहेका छन् ।


दिपेन्द्र अधिकारी