भरतपुरको पेशी साउन १२ गतेलाई सारियो

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादकाबिच परेको मुद्दाको पेशी साउन १२ गतेका लागि सारिएको छ ।

साउन ९ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को पेशी साउन १२ गतेका लागि तोकिएको हो ।

मतगणनाकै क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित गरी निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

पुनः मतदानको निर्णय विरुद्ध एमालेका तर्फबाट भरतपुर मनपा-१९ का वडा सदस्य पदका उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए । भरतपुर मतगणनासम्बन्धी विवाद साउन ९ गतेसम्म आइपुग्दा छैठौँपटक सुनुवाइ गरिएको हो ।


दिपेन्द्र अधिकारी