भत्किएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

  ०८१ असार ३० गते

वर्षातका कारण भत्तिएको खप्तड छेडेदह–६ मैमातोलास्थित श्री ब्रमदेव आधारभूत विद्यालयको भवन मर्मत सम्भार नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदैआएको छ ।

भत्किएको विद्यालय भवनको मर्मतसम्भार नहुँदा विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता सृजनाभएको विद्यालयका प्रधानाध्यापक रमेश नाथले गुनासो गर्नु भयो ।

एक कक्षादेखि कक्षा आठसम्म सञ्चालनमा रहेको ब्रहमदेव आधारभूत विद्यालयको दुई कोठे भवन भत्किएपछि कक्षा एक र दुईमा अध्ययनरत विद्यार्थीहरु खुला आकाशमा पढाउनु पर्ने बाध्यायत भएको प्रधानाध्यपक नाथले बताउनु भयो ।

भूकम्पले चिरा परेको जीर्ण भवन लगातारको वर्षाले भत्किएपछि विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको हो ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष हर्क विष्टले विद्यालयमा तत्काल पढाईलाई सहज बनाउन टिनको टहरा बनाउने गरी कार्यपालिकामा निर्णय भइसकेकोले केही दिन भित्रै पठनपाठन गर्न सहज हुने र वर्षात रोकिएपछि पक्की भवन निर्माण गर्ने निर्णय भएको बताउनु भयो ।


पदमबहादुर सिंह