भत्किएको पुल पुननिर्माण नहुँदा वषौँदेखि सास्ती भोग्दै स्थानीय ! (फोटो फिचर)
गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल समयमा नबनेका कारण स्थानीय बिरामीलाई सास्ती भएको छ । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन ओटा स्पान बगाए पनि हालसम्म निर्माण हुन नसक्दा आवतजावत गर्न डुङ्गाको प्रयोग गर्नु परेको छ ।
बारबर्दिया नगरपालिका–११ की टिकारानी थारुले पुल नहुँदा गुलरिया अस्पताल जान र अन्य सरकारी कार्यालयमा जाँदा निकै समस्या भोग्नु परेको बताउनु भयो । उहाँका अनुसार पुल भत्किएपछि पाँच मिनेटको बाटो पनि आधा घण्टा लाग्ने गरेको छ । 'बिरामी हुँदा वा अन्य काममा जाँदा धेरै समय खर्च हुन्छ । नदीमा आवतजात गर्न समेत पनि पैसा तिनुपर्छ' - उहाँले भन्नुभयो ।
त्यसैगरी बारबर्दिया नगरपालिका–१० की अनिता थारुले बिरामी भएर अस्पताल जानुपरेमा नदी तरेर जानुपर्ने बताउनु भयो । रातमा कोही बिरामी हुँदा झनै समस्या हुने र डुङ्गा चढेर आउन वा जान जोखिम हुने उल्लेख गर्नुभयो । डुङ्गा चढेर हिँड्न समेत झन् समस्या भएको उहाँको भनाइ छ । बारबर्दिया नगरपालिका–४, रामपुरका सुशिल ज्ञवालीले डुङ्गामा यात्रा गर्दा निकै जोखिम हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘घर आउँदा जाँदा साथमा मोटरसाइकल र दुई जना छोरा हुन्छन् । मोटरसाइकलको सुरक्षा गर्ने की छोराहरूको । मनमा सधैँ त्रास हुन्छ । नदी वारपार गर्न समेत जोखिम हुन्छ ।’
१६ करोड ६८ लाख लागतमा निमार्ण भएको करिब ४ सय २५ मिटरको पुल हस्तान्तरण नहुँदै ०७४ साउन २९ गते पुलका दुई ओटा स्पान भासिएको थियो । पुलको स्पान भासिएको भए पनि पुलबाट साना सवारीसाधन, मोटरसाइकल, साइकल, अटो सहज रूपमा ओहरदोहर गर्दै आएका थिए । ०७९ असोज २२ गते आएको बाढीले पुलको तीन टा स्पान बगाए पछि आवत जावत नै पूर्णरुपमा बन्द भएको हो ।
बाढीले पुल बगाएको पनि सात वर्षभन्दा बढी समय हुँदा समेत निमार्ण हुन नसकेको बारबर्दिया नगरपालिका–५ का वडा अध्यक्ष लालबहादुर चौधरी बताउनुहुन्छ । उहाँले पटक पटक मन्त्री र सांसदले पुल निर्माण गर्ने प्रतिबद्धता गरे पनि हालसम्म पुल निर्माण हुन नसकेको बताउनु भयो ।
बाारबर्दियाका नगरपालिकाका प्रमुख छविलाल थारुले पुल निर्माणको लागि यस वर्ष १ करोड रुपियाँ सङ्घीय सरकारले बजेट छुट्याएको जानकारी दिनुभयो । उहाँले पुल भत्किएपछि पुल निमार्ण गर्ने कम्पनीलाई अख्तियारमा मुद्दा परेको कारण सो स्थानमा पुल बन्न नसक्ने भन्दै सरकार बारबर्दिया नगरपालिका–११ र गुलरिया नगरपालिका–४ जोड्न सोही नदीको आसपासमा बबई नदी पुल भनेर योजना अगाडि बढाएको भए पनि सरकारले व्यवस्थापन गरेको बजेट अपुग रहेको बताउनु भयो । ‘सरकारले बबई नदीमा पुल हाल्नका निम्ति डिपीआरको काम अगाडि बढाएको छ । तर सरकारले व्यवस्थापन गरेको बजेट पुल निमार्णका काम अगाडि बढ्न सकेको छैन । पुल निमार्ण गर्नका लागि थप बजेटको व्यवस्था र पुल निमार्णको काम अगाडि बढाउन सम्बन्धित निकायमा आग्रह गरिरहेको छु ।’
बारबर्दिया नगरपालिकाले डुङ्गा सञ्चालनको लागि २१ लाखमा ठेक्का दिएको छ । डुङ्गामा आवतजावत गर्दा मोटरसाइकलको १५ रुपियाँ, साइकलको १० रुपियाँ, बाख्राको १० रुपियाँ, कुखुराको ३ रुपियाँ र मानिसको १० रुपियाँका दरले रकम तिर्नुपर्ने बाध्यता रहेको छ । बिरामी, विद्यार्थी, सर्वसाधरण, कर्मचारी र शिक्षक गरेर दैनिक १ हजार भन्दा बढी मानिसहरू डुङ्गामा आवतजावत गर्छन् ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…