भक्तपुर अस्पतालको बाल वार्डको आइसीयू सेवा बन्द
भक्तपुर अस्पतालमा सञ्चालनमा आएको बाल वार्डको आइसीयू (एनआइसीयू) सेवा एक महिना नपुग्दै अस्पताल प्रशासनले बन्द गरेको छ ।
अस्पताल स्थापना भएको १ सय १९ वर्षपछि पहिलो पटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बाल वार्डको आइसीयू नयाँ मेडिकल सुपरिटेण्डेन्ट सरुवा भएर आएसँगै बन्द भएको हो ।
प्रदेश सरकारको बजेटमा फागुन १ गतेदेखि भक्तपुर अस्पतालको तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले भेन्टिलेटरसहितको २० शैयाको एनआइसीयू सञ्चालनमा ल्याएकोमा अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीधर ढुङ्गेल सरुवा भएर आएको एक सातामै उक्त सेवा बन्द गराएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालमा वर्षौदेखि प्रसुति वार्ड सञ्चालनमा रहे पनि वर्डाको आईसीयू नहुँदा आकस्मिक अस्वथामा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको नवजात शिशुको लागि सञ्चालनमा आएको आइसीयू मेसु सरुवा भए लगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका हुन् ।
अस्पतालको तत्कालीन मेडिकल सुपरीटेण्डेन्ट डा. गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसीयू नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शैयाको एनआइसीयू र १६ शैयाको अर्को आइसीयू सञ्चालनमा ल्याएको बताउनु भयो ।
उहाँले आफूले सञ्चालनमा ल्याएको बच्चाको आइसीयू (एनआइसीयू) सेवा आफ्नो सरुवा भएको केही दिन पछि नै बन्द भएको सुन्दा दुःख लागेको बताउनु भयो ।
अस्पतालले बच्चाको आइसीयू सञ्चालन गर्न थप ६ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुन सूचारु गर्नु पर्ने उहाँले बताउनु भयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले नमूनाको रूपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसीयू तत्काल सञ्चालनमा ल्याउनु पर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रिफर गर्ने कार्य रोक्नु पर्ने बताउनु भयो ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीधर ढुङ्गेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआइसीयू सञ्चालन ल्याएको पाइएकाले उक्त सेवा बन्द गर्नु परेको बताउनु भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…